अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पाँचौ राष्ट्रिय सम्मेलनका निर्णयहरु सार्वजनिक

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको  पाँचौ राष्ट्रिय सम्मेलनका निर्णयहरु सार्वजनिक

कपन अनलाइन
काठमाडौं, चैत २३  ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपालक्रान्तिकारी ट्रेड युनियनमहासंघ केन्द्रीयसमितिले पाँचौ राष्ट्रिय सम्मेलनका निर्णयहरु सार्वजनिक गरेको छ। आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै केन्द्रीय समितिले विराटनगरमागतफागुन २६, २७ र २८ गते भएको पाँचौ राष्ट्रिय सम्मेलनको निर्णय सार्वजनिक गरेको हो। सम्मेलनले विभिन्न १५ निर्णय गरेको छ ।
महासंघका महासचिववसन्तबोगटीले नेपालकाश्रमजिवीमजदूरहरुको हकअधिकारकानिम्ति संघर्षरत रहेको बताउँदै अहिलेको सरकार मजदूरहरुको रगत बगोस भन्ने साहस गरिरहेको आरोप लगाए । उनले नेपालकामजदुरहरुको रगतपिउने उन्मातराज्यमा चढेको टिप्पणी गरे । उनले आफूहरुले त्यसप्रकारको राज्य र यसका संचालकहरुलाई खबरदारी गर्दै चुनौतीदिने बताए। उनले भने,‘तिम्रात्यसप्रकारका षडयन्त्रहरुलाई समाप्तगरिनेछ र नेपालकामजदूरहरुको संघर्षलाई नयाँजनवादीक्रान्तिको ऐतिहासिक प्रक्रियाबाट पूरा गरिनेछ।’
महासंघको निर्णय वाचनगर्दै बोगटीले महांसघका निर्णयहरु नेपालकामजदुरहरुले हामीलाई दिएको म्यान्डेट भएको बताएका छन्। ‘यीविषयमाआफूहरु अवचलितविजयकानिम्तिहामी लडिरहनेछौं’,उनले भने,‘यो लडाई हाम्रो निमित्तमात्रहोइन यो हामी सबै शोषिततथाउत्पीडित नेपालीजनताको आवाजहो।’
महासंघका केन्द्रीयअध्यक्षअध्यक्षदिनेश शर्मा ‘सागर’ ले नेपालमामजदुर आन्दोलनको सुरुवात २००४ सालबाट विराटगरबाट सुरु भएको र सोहीकारणआफूहरुले पनिविराटनगरमा नै सम्मेलनको आयोजना गरेको बताए । उनले तत्कालिनमजदूर साथीहरुलाई राज्यले गिरफ्तार गरेको अहिलेसम्मपनि बेपत्ता रहेको हुँदाउनीहरुलाई स्मरण गर्न चाहेको बताए।
उनले भने,‘बेरोजगारी र रोजगार गरिररहेकामजदूरहरु पनि उत्पीडनमा परिरहेका र पीडामा जो परिरहेका छन्। अबहामीमजदूरलाई किसानहरुलाई त्यो उत्पीडनबाट अन्त्यगर्न चाहान्छौं। यो आन्दोलनबाट प्राप्त गरेको जुनअधिकार हो, त्यो अधिकारलाई सही ढंगले स्थापित गरेर त्यसमा टेकेर हामी पूर्णरुपमाअधिकारसम्पन्नगर्न चाहान्छौं। अधिकारसम्पन्नगर्ने भनेको यो देशमानयाँ÷नयाँजनवादीब्यवस्थालाई स्थापनागर्दै नयाँजनवादी सत्तालाई स्थापितगर्दै हामीवैज्ञानिक समाजवादमा र साम्यवादामाजाने एउटा महान र लक्ष्यलाई नचुमिकनमजदूरहरुका समस्या समाधानहुँदैननभन्ने कुरा हो, त्यो विश्वको इतिहासले पनि र हाम्रो आफ्नै इतिहासलेपनि देखिसकेको छौं र प्रमाणित भइसकेको छ।’
निर्णायक संघर्षकानिमित्त अगाडि बढ्न चाहेको बताउँदै अध्यक्षशर्माले नेकपाक्रान्तिकारी माओवादीले त्यहीअनुरुपको लक्ष्यबोकेको स्पष्ट पारे । उनले आफूहरुले त्यसको लागिलाखौं मजदुरहरुलाई गोलबन्दगरिने बताए । उनले बाँचेकामजदुरहरुले सहिदहरुको सपना पूरा गर्नुपर्ने प्रतिबद्धतापनि व्यक्त गरे।
उनले भने,‘यो राज्यसत्ताजुनतवरबाट फेरिपनिमजदुर किसानहरुलाई शोषण दमन गरेर उत्पीडन गरेर रगतमापसिनामाहोली खेल्दैछ,त्यो रगत र पसिनाको दोहनगर्दै जुन ढंगले सत्तामाआसिनभएका छन् ।सत्तामाआसिनभएकाब्यक्तिहरु अहिले हामीले देखिराखेका छौं। यो पालैपालो सत्तामा बसेर पनि ढाँट, छल र षडयन्त्र गर्दै उत्पीडन गर्ने खालको ब्यवहरा र प्रपञ्चरचिरहेका छन् । हामीत्यसलाई समाप्तगर्न चाहान्छौं। यो तवरबाट देश विकास हुनेवाला छैन। यो देश यहीतवरले उन्नतिको दिशामाजानेवाला छैन।’
उनले प्रधानमन्त्रीतथा नेकपा (माओवादी केन्द्र)काअध्यक्षपुष्पकमलदाहालको नेृतत्वमा सरकार हुँदापनि घरवारविहीनहरुमाथि राज्यले खेद्ने काम गरेको गुनासो पोखे । उनले भने,‘हामीतीमजदुर र सुकुम्बासीहरुलाई आह्वान गर्छौ फेरिपनिहातेमालो गर्दै संघर्षको मैदानमाआउनु, यो राष्ट्रिय सत्ताद्धारा तपाईं÷हामी सबैको समस्याहरु समाधानहुनेवाला छैन। त्यसैले एकजुट भएर संघर्ष गरौं। त्यो आह्वानगर्न चाहान्छु।’
उनले तराई÷मधेशमा देखिएको मिटरव्याजको आतंकको समस्यापनि उठाए । मिटरब्याज पीडितहरुको माग सुनुवाई गर्न सरकारले ढिलासुस्ती गरेको उनको आरोप छ । उनले व्यवसायीतथा बैंक तथाबित्तिय संस्थाहरुविरुद्ध आन्दोलनगरिरहेकादुर्गा प्रसाईँलाई लक्षितत्यस्तो आन्दोलनमा सहभागीनहुनआग्रह गरे । उनले भने,‘मरिसकेको राजतन्त्रलाई काँधमाबोकेर फेरि निम्नस्तरको उद्योगीतथाब्यवसायीहरुले पछाडि राखेर आफ्नो स्वार्थप्रेरित गर्नेहरुको पछाडि नलाग्नआग्रह गर्छु। तपाईंहरुको प्रगति त्यहाँबाट हुँदैन। नयाँविचारका साथहामीले जुन गणतन्त्रको स्थापनागर्यौं। त्यहीबाटोबाट अहिलेको सत्ता परिवर्तन गर्नुपर्छ।’उनले अहिलेको राज्यशक्तिमा रहेकाहरुबाट समस्याको समाधाननहुने बताए।
समितिले पाँचौ राष्ट्रिय सम्मेलनबाट लिएका निर्णयहरुसमेत सार्वजनिक गरेको छ । मजदुरहरुका रोजगारी, पेशागतहक र राजनीतिकप्रतिनिधित्व सुनिश्चितताको संघर्षलाई एकीकृत, सशक्त र व्यापकगरिने रमजदुरहरुको नयाँजनवादीव्यवस्था स्थापनाको दिशामा अघि बढ्ने निर्णय लिएको छ ।
यस्तै, अर्को निर्णयमामजदुरविरोधी ऐन÷नियमखारेजको निम्ति संघर्ष गर्ने पनि समितिले निर्णय लिएको छ । ठेकेदारी, अस्थायी, करार र ज्यालादारी प्रथाअन्त्यको संघर्षलाई सशक्त अघि बढाउने, संसदवाद, साम्राज्यवाद र पुँजीवादीनवउदारवादले खडा गरेकादलाल ट्रेड युनियनहरुको भन्डाफोर गर्ने, अर्थवाद, ट्रेड युनियनवाद, राष्ट्रिय तथावर्गीय आत्मसमर्पणवाद र नव संशोधनवादकाविरुद्ध निर्मम संघर्ष गर्ने निर्णय पनि गरेको छ ।

यस्तो छन् पूरा निर्णय ः
सार्वजनिकगरिएका निर्णयहरु यसप्रकार रहेका छन–
१) मजदुरहरुका रोजगारी, पेशागतहक र राजनीतिकप्रतिनिधित्व सुनिश्चितताको संघर्षलाई एकीकृत, सशक्त र व्यापकगरिनेछ । मजदुरहरुको नयाँजनवादीव्यवस्था स्थापनाको दिशामा अघि बढिनेछ ।
२) मजदुर विरोधी ऐन नियमखारेजको निम्ति संघर्ष गरिनेछ । ठेकेदारी, अस्थायी, करार र ज्यालादारी प्रथाअन्त्यको संघर्षलाई सशक्त अघि बढाइनेछ ।
३) संसदवाद, साम्राज्यवाद र पुँजीवादीनवउदारवादले खडा गरेकादलाल ट्रेड युनियनहरुको भन्डाफोर गरिनेछ । अर्थवाद, ट्रेड युनियनवाद, राष्ट्रिय तथावर्गीय आत्मसमर्पणवाद र नव संशोधनवादका विरुद्ध निर्मम संघर्ष गरिनेछ ।
४) सबैखाले रुढीबादी मान्यता र धार्मिक अन्धविश्वासले समाजमा गाडेका जराहरुलाई उखेलिने छ । वैज्ञानिक, नयाँ र जनवादी संस्कृतिको विकास, अवलम्बन र प्रवर्द्धनगरिनेछ ।

५) मजदुरकाकारखाना, प्रतिष्ठान र इलाकाहरुमाजनवादी राजनैतिक स्कुलहरु स्थापना र सञ्चालनगरिनेछ ।

६) पूर्णकालिनको नेताकार्यकर्ताको उत्पादन, विकास, परिचालन र व्यवस्थापनलाई व्यवस्थितगरिनेछ । महँगा र भड्किलो जीवन शैलीहोइन, सरल र जनवादीजीवन शैलीअवलम्बनगरिनेछ ।

७) मजदुर किसानकामाथि सरकारद्वारा थोपरिएका सम्पूर्ण करहरु मुक्तगर्न संघर्ष अघि बढाइनेछ । विचौलियाबजार, महङ्गि र मूल्यवृद्धि विरुद्धको संघर्षलाई सशक्तबनाइनेछ ।
८) मजदुरहरुकककन्यायको निम्ति संघर्ष गर्न प्रत्येक कारखाना, प्रतिष्ठान र मजदुर इलाकाहरुमानिशुल्ककानुनीउपचार केन्द्रको व्यवस्थागरिनेछ ।
१) मजदुरहरुको सिप, दक्षता र कार्यक्षमताअभिवृद्धिका निम्तिविशेष कक्षाएवं प्राथमिक, माध्यामिक र विश्वविद्यालय स्तरको शिक्षाको निम्ति रात्रिकालिननियमितकक्षाहरु सञ्चालनको थितिबसाल्न संघर्ष अघि बढाइनेछ ।
१०) मजदुरहरुको कार्यक्षेत्रमाप्राथमिकउपचार केन्द्र स्थापनागरिनुपर्छ । राज्यले प्रत्येकमजदुरको न्यूनतम ५००००००÷ बराबरको दुर्घटना बिमा र २५०००००÷ बराबरको स्वास्थ्यबिमानिशुल्कगर्नुपर्छ । त्यसकानिम्ति संघर्ष अघि बढाइने छ ।
११) मजदुरहरुका सन्ततिहरुको आधारभूत देखि विश्वविद्यालयतहसम्मको आधुनिकशिक्षा–दिक्षा, स्वास्थ्य सेवा र सुरक्षाको सम्पूर्ण व्यवस्थापन राज्यद्वारा हुनुपर्छ। त्यसकानिम्ति संघर्ष अघि बढाइनेछ ।
१२) मजदुरहरुकाकारखाना, प्रतिष्ठान र इलाकाहरुमामजदुर सहकारी खोल्ने नीतिलिइनेछ । त्यसप्रकारका सहकारीको सम्पूर्ण स्वामित्वमजदुरहरुको हुनेछ । सहकारीमाआवश्यककोषको न्यूनतम ५०% रोजगारदाता र सरकारले व्यवस्थागर्नुपर्नेछ । त्यसकानिम्ति संघर्ष अघि बढाइनेछ ।
१३) नेपालीअन्न, नेपाली कपडा र नेपालीउत्पादनलाई प्रोत्साहन, बजार व्यवस्थापन र प्रवर्द्धनगर्न आवश्यकनीतिनिर्माण एवं संघर्षलाई अघि बढाइनेछ ।
१४) मिटर ब्याजी सुदखोरद्वारा मजदुर किसान विरुद्ध थोपरिएका झुठा जालितमसुक, छिनुवा पास खारेज गर्ने एवं मजदुर किसान बाट लुटिएको सम्पूर्ण जमिन र नगदफिर्ताको आन्दोलन अघि बढाइनेछ। मिटरब्याजी सुखोर एवं लघुबित्त र बैकको लुटको धन्दामाथि संघर्ष अघि बढाइनेछ ।
१५) प्रत्येक इकाइदेखि केन्द्रसम्मश्रम सेवकदल स्थापनागरिनेछ ।
१६) वैदेशिक रोजगारीको नाममा राज्य–सरकारको षडयन्त्र –निर्देशनमा भैरहेको युवा ज्ञान, सिप र श्रम शक्तिको पलायन र निर्यात नीतिअविलम्ब रोक्न संघर्ष अघि बढाइनेछ ।
१७) वैदेशिक रोजगारीको प्रक्रियामा सरकार एवं मानव तस्कर र विचौलियाद्वारा लुटिएका नेपालीयुवाहरूको न्यायको लडाइँ अघि बढाइनेछ ।
१८) ’मजदुरसँगमहासंघ’ अभियान सञ्चालनगरिनेछ। अभियानको उद्घाटन २३ चैत्र, २०७५ मागरिनेछ ।
१५) १३४ औं अन्तर्राष्ट्रिय मजदुर आन्दोलनदिवस, मई– १ संघीय राजधानीमा केन्द्रीय रुपमा र बाँकीप्रदेश र जिल्ला स्तरमाआन्दोलनको उचाइमा सम्पन्नगरिनेछ ।

तपाइँको प्रतिक्रिया ।