चम्पादेवी गाउँपालिका वडा-६ भदौरेमा चट्ट्याङ्गले लागेर एक जनाको मृत्यु

चम्पादेवी गाउँपालिका वडा-६ भदौरेमा चट्ट्याङ्गले लागेर एक जनाको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १८।

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा-६ भदौरेमा चट्ट्याङ्गले लागेर एक जनाको  मृत्यु भएको छ।

शुक्रबार दिउँसो साँढे ४ बजेतिर पानीसँगै परेको चट्ट्याङ्गका कारण एक जनाको  मृत्यु भएको छ भने  एक किशोरी गम्भिर घाइते भएकी छन्।

उक्त प्राकृतिक दुर्घटनामा चम्पादेवी गाउँपालिका वडा नं ६ भदौरीकी  २० बर्षीया शर्मीला कार्कीको मृत्यु हुन पुगेको छ  भने  १६ बर्षीया छोरी अरुणा कार्की गम्भिर घाइते भएकी छन् ।

चट्याङ लागेर घाइते भएका दुवैलाई तत्काल उपचारको लागि प्राथमिक उपचार केन्द्र (पिएचसी) रानीवन लैजादै गर्दा  शर्मीलाको बाटैमा मृत्यु भएको थियो । अरुणाको भने उपचार भैरहेको बताइएको छ।

तपाइँको प्रतिक्रिया ।