प्राइम ग्लोबल कलेजकी सुस्मितालाई स्वर्ण
कपन अनलाइन
काठमाण्डौ ,फागुन २७।
प्राइम ग्लोबल कलेजकी सुस्मिता खड्काले १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ महिला सिंगल्समा शुक्रबार स्वर्ण जितेकी छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुस्मिताले त्रिचन्द्रकी मन्जु सुवाललाई ११–९, ९–११, ७–११, ११–७ र १३–११ को सेटमा पराजित गरिन् । प्राइम ग्लोबलकी निकिता कस्ती र ख्वप कलेजकी अन्जु सुवाल तेश्रो भए ।
अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको कलजेतर्फ नै पुरुष टिम इभेन्टमा लिभरपुलले गोल्डेनगेटलाई ३–१ ले फाइनलमा हराउदै पहिलो भयो । कोशी बहुमुखी क्याम्पस र धरान मेगा कलेज तेश्रो बने । सोही स्पर्धाको महिलामा प्राइम ग्लोबलले ख्वपलाई ३–० ले पाखा लगाउदै शीर्ष स्थान कब्जा ग¥यो । अक्सब्रिज इन्टरनेसनल कलेज र ह्वाइटफिल्ड तेश्रो बने ।
बहिरातर्फ पुरुष सिंगल्समा दिनेश महर्जनले प्रज्ज्वल बस्नेतलाई १०–१२, ३–११, ११–८, ११–९ र १२–१० ले पन्छ्याउदै पहिलो भए । उक्त स्पर्धाको महिलामा सारदा भुषाल पहिलो भइन् । सारदाले फाइनलमा सुलोचना खरेलमाथि ११–५, ११–३ र ११–२ को जित दर्ता गरिन् ।