सानो थली खानेपानी तथा सरसफाई उपभोक्ता समिति कागेश्वरी मनोहरा-५ को साधारण सभा सम्पन्न

सानो थली खानेपानी तथा सरसफाई उपभोक्ता समिति कागेश्वरी मनोहरा-५ को साधारण सभा सम्पन्न

कपन अनलाइन
काठमाडौं, फागुन २०।

सानो थली खानेपानी तथा सरसफाई उपभोक्ता समिति सानो थलीको साधारण सभा सम्पन्न भएको छ।

फागुन २० गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ सानोथलीमा रहेको सो समितिको साधारण सभाले मित्रा मैनाली पौडेललाई अध्यक्षमा चयन गरेको छ।

समितिको उपाध्यक्षमा विष्णु वाग्ले र सचिवमा बेदराज थापालाई चयन गरेको उक्त भेलाले कोषाध्यक्ष लक्ष्मी (समी) मिजारलाई चयन गरिएको  छ।

करिव ९० घरधुरीहरुलाई खानेपानीको सेवा उपलव्ध गराउदै आएको सो समितिको सदस्यमा  अजित पाैडेल, अमूत मगर, बिनिता लुईटेल,शुनिल राना र  सम्झना श्रेष्ठ चयन भएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।