बुढानिलकण्ठका जनप्रतिनिधिहरुको आचार संहिता : समिति,संस्था वा व्यक्तिबाट सेवा सुविधा लिन नपाइने

बुढानिलकण्ठका जनप्रतिनिधिहरुको आचार संहिता : समिति,संस्था वा व्यक्तिबाट सेवा सुविधा लिन नपाइने

कपन अनलाइन
काठमाडौं, फागुन १७।

बुढानिलकण्ठ नगरपालिकाले जनप्रतिनिधिहरुका लागि आचार संहिता तयार गरेको छ।

बुढानिलकण्ठ नगरपालिकाका पदाधिकारीहरुको आचार संहिता २०७९ जारी गर्दै नगरपालिकाले २९ बुँदामा जनप्रतिनिधिहरुले पालना गर्नुपर्ने आचार संहिता जारी गरेको छ।

बुढानिलकण्ठ नगरपालिकाका पदाधिकारीहरुको आचार संहिता २०७९ को बुँदा नं ४ मा सार्वजनिक सम्पतिको प्रयोग तथा सुविधा सम्बन्धि आचारहरुका वारेमा उल्लेख गरिएको छ।

सार्वजनिक सम्पतिको प्रयोग तथा सुविधा सम्बन्धि आचारहरु

१.पदाधिकारी तथा कर्मचारीका सुविधाका लागी छुट्याइएको सेवा सुविधा न आन्तरिक श्रोतको कति हुन आउछ भन्ने एकिन गरी सभामा नागरिकलाई जानकारी दिई किफायति रूपमा न्युनतम सुविधाको  व्यवस्था गरिनेछ।

२. पदाधिकारीले कानून बमोजिम तथा कार्यालयका काममा बाहेक स्थानीय तहका मानवीय आर्थिक वा भौतिक साधन श्रोतको आफै वा अन्य कुनै व्यक्तिबाट प्रयोग वा उपयोग मन वा गराइने छैन ।

३. आफ्नो पदीय ओहदाको आधारमा कुनै समिति, संस्था वा व्यक्तिहरुबाट निजी सेवा तथा सुविधाहरु लिन वा लिन लगाईने छैन ।

४.स्थानीय तहका सेवा प्राप्त गरे वा सार्वजनिक सम्पतिको प्रयोग गरे वापत पदाधिकारी ,कर्मचारी वा अन्य कुनै व्यक्ति वा संस्थाले कानुन बमोजिम तिर्नु /बुझाउनु पर्ने कर ,शुल्क ,सेवा शुल्क दस्तुर ,भाडा आदिमा छुट लिने दिने निर्णय गर्नु वा गराउनु हुदैन।

५.स्थानीय तहका पदाधिकारीहरुले आफुले प्राप्त गर्ने सुविधाहरुको विवरण आम जानकारीका लागि सार्वजनिक गर्नु पर्नेछ ।

बुढानिलकण्ठ नगरपालिकाका पदाधिकारीहरुको आचार संहिता २०७९ का अन्य बुँदा =हरु क्रमस प्रकासित गरिनेछ।

 

तपाइँको प्रतिक्रिया ।