अल्पाइन एकेडेमी कागेश्वरी ४ को रजत महोत्सब तथा अभिभावक दिवस भब्य रुपमा सम्पन्न

अल्पाइन एकेडेमी कागेश्वरी ४ को  रजत महोत्सब तथा अभिभावक दिवस भब्य रुपमा सम्पन्न

कपन अनलाइन

काठमाडौँ,फाल्गुन १६ । व्यावहारिक र सैद्धान्तिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ ब्र्म्हखेलमा  संचालित अल्पाइन एकेडेमीले रजत महोत्सब तथा अभिभावक दिवस भब्य रुपमा मनाएको छ  । सोमबार बिध्यालय प्राङ्गणमा बिध्यालय संचालक समितिका अध्यक्ष बद्रि प्रसाद  भट्टराईको अध्यक्षतामा    भएको  उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइराला रहेका थिए ।

त्यसैगरि  बिशेष अतिथिको रुपमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम पोखरेल, इष्टपोल माध्यमिक बिध्यालयका प्राचार्य राजेश राइ, नगर शिक्षा अधिकारी बिमल निरौला,संचालक समिति का सदस्य केशब प्रसाद ढकाल, कुशल थापा, शेखर थापा, बिधालय निर्देशक मोहन थापा कागेश्वरी मनोहरा प्याब्सन अध्यक्ष श्रीराम दाहाल निसानका अध्यक्षका सौर्यनाथ आचार्य   बिध्यालय व्यवस्थापन समितिका सदस्य नारायणी बास्कोटा, बिध्यालयका संथापक प्राचार्य अनन्तराम ढकाल शेयर सदस्य माधब प्रसाद ढकाल, गायक कलाकार काली प्रसाद बास्कोटा  लगायत ,बुद्धिजिवी, शिक्षा प्रेमी बिभिन्न बिध्यालयका प्रिन्सिपल शिक्षक प्रतिनिधि अभिभावक शिक्षक र बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाले पानसमा दिप प्रज्वलन संगै रजत रजत महोत्सब तथा अभिभावक दिवस लेखिएको ब्यानर सहितको बेलुन उडाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।

बिद्यार्थीहरुले गणेश बन्दना सहितको नृत्यर  स्वस्ति बाचन गरि स्वागत गरिएको कार्यक्रममा बिध्यालयका संथापक प्राचार्य अनन्तराम ढकालले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।उनले  २०५४ साल फाल्गुन १५ गते  ग्रामिण परिवेशमा गुणस्तरीय शिक्षा दिने उदेश्य सहित स्थापना गरिएको उक्त बिध्यालय बिभिन्न आरोह र अवरोह पार गर्दै २५ वर्ष पुगेको जानकारी गराएका थिए ।उनले संस्कार सहितको गुणस्तरिय शिक्षा प्रदान गर्ने हेतुले संचालन गरिएको बिध्यालय आजको दिन सम्म ल्याईपुर्याउन अहोरात्र खट्ने शिक्षक शिक्षिका  अभिभावक, बिध्यालय व्यवस्थापन समिति संचालक समिति सबैलाई धन्यबाद दिएका थिए।उनले  २०८० साल देखि नै अल्पाइन एकेडमीले कक्षा ११ तथा क्रमश स्नातक र स्नातकोतर सम्म संचालन गर्ने योजना रहेको जानकारी गराए।  बिध्यालयले बिद्यार्थीको चौतर्फी बिकासको लागि  पढाइ संगै अतिरिक्त क्रियाकलापलाइ पनि उत्तिकै जोड दिदै आएको बताए ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष  धनबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाले हरेक बालबालिका जिज्ञासु हुने हुँदा उनीहरुले गरेको प्रश्नलाइ गहिराइ बाट बुझेर उत्तर दिनु पर्नेमा जोड दिए। उनले पुर्खाले सिकाएको कुरा बुझाउनुपर्ने बताए।

उनले पुर्खाले दिएको ज्ञानलाइ  बिज्ञानमा लगेर  जोड्नु पर्ने बताए । उनले बिद्यार्थीहरुलाई सम्भावना यहि छ भनेर बुझाउनु पर्ने पनि बताउदै शिक्षकले पहिला किताब नभई बिद्यार्थी पढ्नु पर्ने बताए। उनले पूर्वीय दर्शन,स्थानीय ज्ञान, पश्चिमी दर्शन तथा आधुनिक विज्ञानको अन्तरसम्बन्धको बारेमा समेत आफ्ना भनाइ राख्दै अल्पाइन एकेडमीको उत्तरोतर प्रगतिको कामना गरेका थिए । रजत महोत्सब तथा अभिभावक दिवसको अवसरमा ज्येष्ठ अभिभावकहरुलाई उनीहरुको निवासमा नै पुगेर सम्मान गरेको बिध्यालयका कोर्डिनेटर शिवमणि ढकालले कपन अनलाइनलाइ जानकारी गराए।कार्यक्रममा  प्ले ग्रुप देखि कक्षा १० सम्मका बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम मार्फत मनोरंजन प्रदान गरेका  थिए ।

तपाइँको प्रतिक्रिया ।