बुढानीलकण्ठ नगरपालिका वडा नं ६ मा साबुन बनाउने तालिम सम्पन्न

बुढानीलकण्ठ नगरपालिका वडा नं ६ मा साबुन बनाउने तालिम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,फागुन ४।

बुढानीलकण्ठ नगरपालिका वडा नं ६ मा साबुन बनाउने तालिम सम्पन्न भएको  छ । वडाले आफ्नो क्षेत्रमा रहाक बेरोजगार र उद्यम गर्न ईच्छूक महिलाहरुलाई ८ दिने सिप मुलक तालिम प्रदान गरेको हो ।तालिममा वडाका २३ जना महिलाहरु सहभागी  तालिममा लुगाधुने साबुन, भँडा माज्ने साबुन तथा सरफ बनाउने तालिम प्रदान गरिएको थियो ।

माग २३ गते बाट सुरु भएको तालिमको नगर उपप्रमुख अनिता लामा, निवर्तमान बागमति प्रदेश माननीय भिमसेन खत्री, वडा अध्यक्ष रवि खड्का, वडा सदस्य रवि भण्डारी, मुना देसार महर्जन, मेनुका भुषाल, सुनिल महर्जन, वडा सचिव हेमन्त आचार्य लगायत अन्य समाजसेवि महिला दिदिबहिनिहरुको उपस्थितिमा सम्पन्न गरिएको थियो ।

समापन सत्रमा मन्तव्य राख्दै उपप्रमुख अनिता लामाले तालिममा हासिल गरिएका सीपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आह्वान गरेकी छन  । नगरपालिकाले महिला सशक्तिकरणलाई विशेष प्राथमिकता दिएको बताँउदै उपप्रमुख लामाले वडावासिहरुको उद्यम तर्फ आकर्षित बढाउन यस्तै किसिमका अन्य सिप मुलक तालिमहरु क्रमश सञ्चालन गर्दै लैजाने तयारी रहेको जानकारी दिएकी छन।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष रवि खड्काले सिकेका सिपलाई व्यवहारमा उतार्दै उद्यम तर्फ केन्द्रित गर्न साबुन बनाउने आवश्यक सामाग्रीहरु  वडाले खरिद गरिदिने बताउनुदै  ईच्छुक महिलाहरुले समुह गठन गरी वडामा जानकारी गराउन आग्रह गरेका थिए।

तपाइँको प्रतिक्रिया ।