ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं पूर्वी क्षत्रीय कार्य समितिको सातौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेसन सम्पन्न
कपन अनलाइन
काठमाडौं, माघ २९ । ग्रिल तथा स्टिल ब्यबसायीहरुको हक हित र उत्थानको लागि लामो समय देखि निरन्तर कार्य गरिरहेको संस्था ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं पूर्वी क्षत्रीय कार्य समितिको सातौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेसन सम्पन्न भएको छ ।शनिबार कपन पार्टीमा ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं पूर्वी क्षत्रीय कार्य समितिका अध्यक्ष रोहित श्रेष्ठको सभापतित्व र ग्रील तथा स्टील ब्यबसायी महासंघका अध्यक्ष मोहन कटुवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठ, उपाध्यक्ष केदार अधिकारी , उपाध्यक्ष शिव बानियाँ, उपाध्यक्ष बिष्णुमाया उचाई, महासंघका महासचिब विवेकदास श्रेष्ठ, काठमाडौं जिल्लाका अध्यक्ष यज्ञदास श्रेष्ठ, पश्चिम क्षेत्रका अध्यक्ष शैलेस ठकुरी,पूर्वी क्षेत्रीय उपाध्यक्ष कर्ण बहादुर श्रेष्ठ, पुर्वी क्षेत्रका इकाई अध्यक्षहरु तथा पदाधिकारीहरु, ग्रील तथा स्टील ब्यबसायका ब्यबसायी तथा कर्मचारीहरु, सहित बिभिन्न क्षेत्रका समाजसेवीहरु तथा मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आफ्नो प्रतिवेदन पेश गर्दै पूर्वी क्षेत्रका अध्यक्ष रोहित श्रेष्ठले ले यो संस्थालाई ब्यवस्थित बनाएर अगाडी बढाउन महासंघ,जिल्ला,क्षेत्र ,इकाई तथा ब्यबसायीहरुको आ—आफ्नै ठाउँमा महत्वपुर्ण भुमिका रहने बताए ।ग्रील तथा स्टिल ब्यबसायी संघ भित्रका आन्तरिक पक्षलाई मिलाउँदै आम ब्यबसायी तथा मजदुरहरुको समेत हितमा कार्य गर्ने उदेश्य लिएर अगाडी बढ्ने क्रममा बिभिन्न कार्यक्रममा सहभागी भएको उल्लेख गरे ।
उनले विश्व ब्यापी रुपमा फैलिएको कोभिड १९ र डेंगुको मार बाट व्यवसायी धरासायी बन्दै गएको अवस्थामा ग्रिल तथा स्टिल व्यवसायलाइ मजबुत र दर्बिलो बनाउन अब सबै जना साथमा साथ् र हातमा हात मिलाएर अघि बढेमा संघलाइ पुन कोभिड १९ अगाडिको रुपमा फर्काउन सकिने धारणा राखेका थिए ।कोरोना र डेंगुको कारण सोचे जस्त कार्य गर्न नसके पनि निम्न कार्य गरेको जानकारी गराए ।
बिभिन्न इकाईले गरेको कार्यक्रममा संघको तर्फ बाट प्रतिनिधित्व गर्दै सहभागिता जनाएको, श्री गोपाल श्रेष्ठ र श्री कौशल श्रेष्ठलाइ मृगौला रोगको उपचार गर्न सहयोग स्वरूप १२ हजार ५ सय प्रदान गरेको दक्षिणकाली मेटल प्रोप्राइटर राम बहादुर श्रेष्ठका कामदारको कामको शिलशिलामा मोटर दुर्घटना हुँदा उपचारका लागि सहयोग स्वरुप ८ हजार प्रदान गरेको क्यान्सर पिडित दिप नारायण चौधरीलाइ उपचारको लागि सहयोग स्वरूप ५ हजार १ सय प्रदान, कोभिडको समयमा संघ संग आवद्द भएका व्यवसायका कामदारहरुलाई २ लाख रुपैया बरावरको सामान खरिद गरि १७० जनालाइ राहत वितरण,
कोभिडको समयमा बिरामीहरुलाई सहयोग स्वरूप २० थान कसिजन सिलिन्डर हस्तान्तरण, कोभिडको समयमा कलाकार पल शाह द्वारा वितरण गरिएको राहत वितरणको कार्यक्रममा संघको तर्फबाट ७ वटा अक्सिजन सिलिन्डर प्रदान गरेको , सिपि फाउन्डेसनको सहयोगमा, ग्रिल तथा स्टिल व्यवसायी संघ पूर्वी क्षेत्रको सहकार्यमा त्रिपुरासुन्दरी गाउपलिकालाइ ५० वटा सिलिन्डरमा कसिजन भरि सहयोग गरेको, ग्रिल तथा स्टिल व्यवसायी संघ जोरपाटी इकाईका सदस्य सागर श्रेष्ठको कारखानामा काम गर्ने सिलसिलामा दुर्घटनामा परि मृत्यु भएका कामदार पक्ष र व्यवसाय पक्ष बीच समन्वयकारी भूमिका निर्वाह लगायतको कार्यमा पूर्वी क्षेत्र र सो अन्तरगतका सबै इकाईहरुको महत्वपुर्ण भुमिका रहेको बताए ।आफ्नो क्षेत्रको तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष रोहित श्रेष्ठले “ग्रील तथा स्टील ब्यबसायी संघ को स्थापना संगै कतिपय अवस्थामा केही सुधार भने आएको बताए ।
राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रममा ग्रील तथा स्टील ब्यबसायी महासंघका अध्यक्ष मोहन कटुवालले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।कार्यक्रममा पूर्वी क्षेत्रीय उपाध्यक्ष कर्ण बहादुर श्रेष्ठ, पश्चिम क्षेत्रका अध्यक्ष शैलेस ठकुरी ,कपन इकाई अध्यक्ष भेष बहादुर श्रेष्ठ, काठमाडौं जिल्लाका अध्यक्ष यज्ञदास श्रेष्ठ, महासंघका महासचिब विवेकदास श्रेष्ठ प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठ वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए । उनीहरुले माथिल्लो समितिले व्यावहारिक रणनीति तथा कार्यनिति बनाएर लागु गर्नसके यो संस्थाको भबिष्य उज्जल रहेको तर सरकारी निकाय बाट कार्वान्वयन पक्ष फितलो हुँदा व्यवसायीहरुको समय सापेक्ष उत्थान भने हुन नसकेको बताएका थिए । उनीहरुले ग्रील तथा स्टील व्यवसायलाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिदै कार्यक्रम सफलताको कामना गरेका थिए ।
कार्यक्रममा ग्रिल तथा स्टील व्यवसायी संघलाई यहाँ सम्म ल्याउन महत्वपुर्ण भुमिका खेलेका महासंघका अध्यक्ष मोहन कटुवालले प्रमुख अतिथिको रुपमा आफ्नो मनतव्य राख्दै आउँदो अधिवेशन बाट आफुले नेतृत्व हस्तान्तरण गर्न लागेकोले अब आउने नेतृत्व सक्षम र सबल आउनुपर्नेमा सबैले जोड दिनुपर्ने बताए । ‘काम गर्दै जाँदा व्यावसायीले सोचेजस्तो नभए तापनि जेजति गर्न सकेकोमा गर्व गर्नुपर्ने बताए । आज व्यवसायीले एकले अर्कालाई सहयोग र चासो दिने वातावरण भएको छ ।
एकले अर्कालाई दोसारोपण गर्नभन्दा पनि यसलाई सम्मानित व्यावसायको रुपमा स्थापित गर्नुपर्छ ।’, उनले भने । कसरी न्यूनतम सेवासुविधा दिन सकिन्छ भन्नेतर्फ व्यावसायीहरु लाग्नुपर्ने उनको जोड थियो । उनले भने, ‘हामीले गुणस्तरीय सेवाहरु प्रदान गर्ने हो । खाली नाफाकै नाममा मात्रै लागेर उपभोक्ताहरुमाथि अन्याय गर्नु हुँदैन । त्यो दिगो हुन सक्तैन । नेपाल सरकारले तोकेको मूल्यसूचीलाई आधार मानेर महासंगले प्रकाशन गरेको छ । त्यस सूचीलाई मात्रै आधार मानेर काम गर्ने हो भने पनि हामीले राम्रो प्रतिफल पाउन सकिने उनको भनाइ रहेको थियो ।
कार्यक्रममा ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं पूर्वी क्षेत्रका नव निर्वाचित इकाई अध्यक्ष तथा पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो । उक्त साधारणसभा तथा अधिवेशनले बिष्णु कुमार श्रेष्ठको अध्यक्षता १३ सदस्यीय नयाँ कार्य समिति समेत सर्वसम्मत रुपमा चयन गरेको छ ।ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं पूर्वी क्षत्रीय कार्य समितिकोको नया कार्य समिति निम्न अनुसार रहेका छन ।अध्यक्ष बिष्णु कुमार श्रेष्ठ बरिष्ठ उपाध्यक्ष सुकमेल श्रेष्ठ, उपाध्यक्ष मैनदिन शेष, महासचिव नारायण बहादुर श्रेष्ठ, सचिव दिलराम श्रेष्ठ, सहसचिव सागर सापकोटा, कोषाध्यक्ष राम कुमार श्रेष्ठ,सहकोषाध्यक्ष इन्द्र बहादुर मगर सदस्यहरुमा,कुमार श्रेष्ठ, यज्ञबहादुर श्रेष्ठ,सौबेनलाल चौधरी,हाकु बहादुर श्रेष्ठ, नारायण कृष्ण श्रेष्ठ रहेका छन नव निर्वाचित पदाधिकारीहरुलाई सपथ समेत खुवाइएको थियो ।