टर्की र सिरियामा भूकम्प बाट ज्यान गुमाएकाहरुको सम्झनामा शान्ति समाजको श्रदान्जली सभा

टर्की र सिरियामा भूकम्प बाट ज्यान गुमाएकाहरुको सम्झनामा शान्ति समाजको श्रदान्जली सभा

कपन अनलाइन

काठमाडौँ, माघ २९ । मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाले टर्की र सिरियामा भएको बिनाशकारी भूकम्प बाट ज्यान गुमाएकाहरुको आत्माको चिर शान्तिको कामना सहित श्रदान्जली सभा गरेको छ  शनिबार सांझ समाजले बौद्ध स्तुपा परिसरमा  मैनबती बालेर मौन प्रदर्सन  समेत गरेको थियो  । उक्त  श्रदान्जली सभामा हालै आएको बिनासकारी भुकम्पले टर्की र सिरियामा भएको  ठुलो मानवीय क्षती भएको तर्फ मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखा स्तब्ध भएको  जानकारी गराएको थियो  । नेपाली जनताले २०७२ सालको भुकम्पबाट व्यहोर्नु परेको धनजनको क्षतिलाइ वर्तमान टर्की र सिरियाका जनताले व्यहोर्नु परेको स्मरण  समेत गरिएको थियो  ।

 

य कार्यक्रममा शाखाको कोसाध्यक्ष बिकास थापाले भुकम्पले गरेको क्षतीको बारेमा जानकारी दिएका थिए  भने समाजका सचिव प्रमोद फुयालले नेपालमा पनि भुकम्पले गरेको बिनास र भोग्नु परेको समस्या पिडा अहिले टर्की र सिरियाको जनताले भोगेको पीडा र समस्यामा शान्ति समाज सदैब साथ र सहयोग रहने  बताएका थिए  । सभामा श्रीराम चालिसे र बौद्ध प्रहरी प्रमुख हरि बस्नेतले पनि आफ्नो धारणा राखेका थिए  ।
तपाइँको प्रतिक्रिया ।