कपन जोरधारामा डिप बोरिङ्ग खन्ने काम शुरु

कपन जोरधारामा डिप बोरिङ्ग खन्ने काम शुरु

कपन अनलाइन

भक्तपुर,  माघ २८।

लामो समय देखिखानेपानी वितरण बन्द भएको जाेरधारामा  नयाँ बाेरिङ खन्ने काम शुरु भएकाे छ। बुढानिलकण्ठ नगरपालिकाको आर्थिक व्यवस्थापनमा आजबाट कपन जोर धारा क्षेत्रमा बोरिङ्ग खन्ने काम शुरु भएको हो।

असोज  अन्तिम साताबाट खानेपानी वितरणको सेवा बन्द भएको सो क्षेत्रमा नयाँ बाेरिङ खाने संगै खानेपानीको नियमित वितरण शुरु हुने अपेक्षा गरिएको छ।

बुढानिलकण्ठ नगरपालिकाले बोरिङ खन्ने रकाठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (KUKL) ले पाइप जोड्न बजेट व्यवस्थापन गरे संगै करिव ८ सय घरधुरीहरुले भोग्दै आएको खानेपानीको समस्या समाधान हुने भएको छ ।

कपन जोरधारा खानेपानी संरक्षण संस्थाको नयाँ बोरिङ्ग खन्नका लागि नगरपालिकाले करिव २९ लाख बजेट उपलव्ध गराउने छ भने ३ लाख २४ हजार उपभोक्ता समितीले व्यवस्थापन गर्नेछ भने महाँकाल देखि पाइपलाइन विस्तारका लागि केयुकेएलले करिव ८४ लाख बजेट उपलव्ध गराएको संस्थाका महासचिव कुमार कसजु श्रेष्ठले जानकारी दिएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।