नवौं एक्सेल्सियर कप सिनियर गर्ल्स  बास्केटबलमा न्यु इरा विजयी

नवौं एक्सेल्सियर कप सिनियर गर्ल्स  बास्केटबलमा न्यु इरा विजयी

कपन अनलाइन
काठमाडौं, माघ २२  ।
न्यु इराले नवौं एक्सेल्सियर कपअन्तर्गत सिनियर गर्ल्स  बास्केटबलमा शनिबार जित हात पारेको छ ।
स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा न्यु इराले क्लिनटनलाई २०–१० ले पराजित ग¥यो । न्यु इराकी नर्गिमा तामाङले १४ स्कोर गरिन् । अन्य खेलमा काष्ठमण्डपले रातो बंगलालाई १३–६, रिब्सले पाठशाला नेपाललाई ५–२ तथा एक्सेल्सियरले रेडिअन्ट पब्लिकलाई ६–५ ले हराए । काष्ठमण्डपकी आस्मा अर्यालले ७, रिब्सकी नन्सिता लिम्बूले ४ र एक्सेल्सियरकी साम्तेन डोल्मा लामाले ४ अंक जोडे ।
सिनियर ब्वाइज बास्केटबलमा नेपालयले रातो बंगलालाई २५–२२, ओएसिसले क्लिनटनलाई ३६–१८ र एलआरआईले एपेक्स लाइफलाई १८–१२ ले पाखा लगाए । नेपालयका विजेन थापा मगरले १३, ओएसिसका रेवन राईले २३ र एलआरआईका जयन गिरीले १२ अंक बटुले ।
यु–१६ ब्वाइज फुटबलमा ग्रिनफिल्डले एक्सेल्सियरलाई ५–१ र रिब्स ‘ए’ लाई २–०, श्री सञ्जय साइले रिब्स ‘बी’ लाई १–० तथा न्यु इराले एक्सेल्सियर नीलोलाई ४–० र रिब्स ‘ए’ लाई ३–० गोलले पराजित गरे ।
यु–१२ ब्वाइज फुटबलमा एक्सेल्सियरले श्री सञ्जय साइलाई ३–१ गोलले हरायो । एक्सेल्सियरका कृष पाण्डेले २ तथा साहिलराज थापाले १ गोल गरे । सञ्जय साइका इशान चौलागाईंले १ गोल फर्काए ।

तपाइँको प्रतिक्रिया ।