बुढानिलकण्ठ नगरपालिकाको शिक्षा नीति निर्माणका लागि समिती गठन ,को को छन ?

बुढानिलकण्ठ नगरपालिकाको शिक्षा नीति निर्माणका लागि समिती गठन ,को को छन ?

कपन अनलाइन

काठमाण्डौ ,माघ १६।

बुढानिलकण्ठ नगरपालिकाको शिक्षा नीति निर्माणका लागि समिती गठन गरिएको छ।

नेपाल सरकारका पुर्व शिक्षा सचिव लक्ष्मीराम पौडेलको संयोजकत्वमा गठन भएको समितीमा नगरपालिकाको शिक्षा क्षेत्र संग सम्बन्धित विभिन्न संघ संगठनका प्रतिनिधिहरु तथा जनप्रतिनिधिहरुलाई समेटिएको छ।

बुढानिलकण्ठ नगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंह सदस्य सचिव रहेको सो समितिमा कार्यपालिका सदस्य तथा सामाजिक विकास समिती संयोजक शान्ता ढकाल पुडासैनी , नेपाल शिक्षक संगठनका श्याम श्रेष्ठ ,नेपाल शिक्षक संघका मदन कुमार पौडेल , नेसनल प्याव्सनका नारायण बाबु तिमल्सिना , प्याव्सनका राधेश्याम श्रेष्ठ , तुलसी थापा खड्का,पुष्प अधिकारी र बाबुकाजी श्रेष्ठ रहेका छन।

पुर्व शिक्षा सचिव पौडेलको संयोजकत्वमा गठन भएको समितीले एक हप्ता भित्र नीतिको प्रारम्भिक खाका तयार गरेर सरोकारवाला पक्ष संग विस्तृत छलफल चलाउने निर्णय गरेको सो समिति बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको उपस्थितिमा माघ ११ गते शिक्षा समितिले गठन गरेको थियो।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।