खानेपानीमा राजनीतिले काकाकुल कपन : गुमनाम सांसदहरु र लाचार जनप्रतिनिधि

खानेपानीमा राजनीतिले काकाकुल कपन : गुमनाम सांसदहरु र लाचार जनप्रतिनिधि

कपन अनलाइन

काठमाण्डौ ,माघ १२।

बुढानिलकण्ठ नगरपालिका वडा १० ,११ र १२ रहेको कपन क्षेत्र महिनौं देखि खानेपानी जस्तो अत्यावश्यक सेवाबाट बन्चित बन्दा पनि भर्खरैको चुनावमा जितेका सांसदहरु गुमनाम बनेको भन्दै उपभोक्ताहरुले तिव्र असन्तुष्टि जनाएका छन।

लामो समय देखि बोरिङ खन्ने कि खानेपानी संस्थानको लाइन जोड्ने भन्ने विशयमा राजनीति चलेको कपन जोरधारा खानेपानी संरक्षण संस्था बन्द भएको महिनौं सम्म पनि स्पस्ट काम नदेखिनुलाई लाजमर्दो र जनताको अधिकारको चरम हननका रूपमा लिइएको छ।

यस संस्थामा देखिएको राजनीतिकरण र सरोकारवालाहरुको चरम उदासीनताले लज्जाजनक अवस्था सृजना हुँदा नगरपालिकाको आन्तरिक स्वार्थ द्वन्द र कमजोर निर्णय क्षेमतालाई पनि प्रतिबिम्बित गरेको चर्चा व्यापक बनेको छ।

धेरै पटक भएका छलफल र अन्तरक्रियाहरुमा जसरी पनि बोरिङ खन्ने तथा खानेपानी संस्थानको पाइप लाइन जोड्ने सहमति र निर्णय भएपनि त्यसको लगत्तै बेलुका हुने कतिपय कोठे बैठकका कारण नगरपालिकाले योजना सम्झौता गर्न ढिलासुस्ती र आनकानी गर्दै आएको संस्थाका एक पदाधिकारीले बताएका छन।

माघ ११ गते अन्तिम सम्झौता हुने आशमा रहेको कपन जोरधारालाई सो दिन अन्तिम समयमा विभिन्न कागजात नपुगेको भन्दै फर्काइएको भन्दै उनले खानेपानी जस्तो कुरामा चरम राजनीतिकरण हुँदा पनि नाकमुख नदेखाएको भन्दै प्रतिनिधि सभा सदस्य गगन थापा र प्रदेस सभा सदस्य जयराम थापा प्रती तिव्र आक्रोश समेत ब्यक्त गरेका छन।

तत्काल समस्याको समाधान नभएमा संस्थाको चावी नगरमा बुझाएर धर्नामा बस्ने तयारी गरिएको बताउदै उनले हजारौं जनता काकाकुल बन्दा पनि अनिर्णयको बन्दी बन्ने छुट स्थानीय सरकारलाई नरहेको धारणा राखेका छन।

अझ कतिपय जनप्रतिनिधिहरुले अप्रत्यक्ष रुपमा  कपन जोरधाराको समिति प्रति असन्तुस्टी जनाउनु र नगरपालिकाको योजना महाशाखाले पुन प्रक्रिया पुर्याएर आउनु भन्दै कागजात फर्काउनु बाघ पनि  कराउनु र बाख्रो पनि  हराउनु भन्ने भनाइ जस्तै भएको  नगरपालिकाको कोपभाजनमा पर्ने डरले नाम उल्लेख नगर्ने शर्तमा अर्का पदाधिकारीले बताए।

चुनावी समयमा देशको प्रधानमन्त्री बन्छु भन्ने प्रतिनिधि सभा सदस्य र अहिले पनि विभिन्न शाखाका पार्टी अध्यक्षहरुलाई फोन गर्ने ब्रेकफास्ट,लन्च र डिनरमा बोलाउन भ्याउने  तर क्षेत्रको विकराल समस्या नदेख्ने प्रदेस सभा सदस्यहरुको कार्यालय वा निवासमा गएर धर्ना दिने तयारी गरिएको भन्दै ति पदाधिकारीले राजधानी मै यो किसिमको विकराल र लजास्पद नियति भोग्नु दुखदायी रहेको बताएका छन।

तपाइँको प्रतिक्रिया ।