गाडीको ठक्करबाट बालिकाको मृत्युले चुनिखेल तनावग्रस्त,आक्रोसित स्थानीयद्वारा तोडफोड
कपन अनलाइन
काठमाण्डौ ,माघ ११।
गाडीको ठक्करबाट बालिकाको मृत्युले माघ १० गते दिनभर चुनिखेल तनावग्रस्त बनेको छ।
सोमबार बिहान साढे ९ बजे बा २ ख ६००६ नम्बरको संयुक्त यातायातको ३ वर्षीया सायुमी श्रेष्ठलाई ठक्कर दिँदा मृत्यु भएपछि आक्रोसित बनेका स्थानीयहरुले स्थानीय बसपार्कका गाडीहरुमा तोडफोड गरेका थिए।
सोहि स्थान बस्ने बालिकाको मृत्यु भएपछि आन्दोलित बनेका स्थानीयहरुले नौलिन मन्दिर क्षेत्रमा रहेको संयुक्त यातायातको बसपार्कमा रहेका ६ वटा गाडीहरुमा तोडफोड गरेका थिए भने दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शनमा समत सहभागी भएका थिए।
सो घटनापछि खोटाङ हलेसी तुवाचुङ गाउँपालिका वडा नं ५ घर भई हाल बुढानिलकण्ठ तल्लो भंगालमा डेरा गरी बस्ने २५ वर्षीय देलिन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ।
तपाइँको प्रतिक्रिया ।