बूढानीलकण्ठका २ खेलाडी बुद्धिचालको अन्तर्राष्ट्रिय रेटिङमा

बूढानीलकण्ठका  २ खेलाडी बुद्धिचालको अन्तर्राष्ट्रिय रेटिङमा

कपन अनलाइन , ६ असार ।  बूढानीलकण्ठ नगरपालिका वडा नं. १४  निवासी  विराज पुडासैनीले बुद्धिचाल (चेस) खेलको अन्तर्राष्ट्रिय रेटिङ प्राप्त गरेका छन् ।हालैमात्र उनले १५३१ रेटिङ प्राप्त गरेको आर्बिटर ज्ञानेन्द्र खाइजूले कपन अनलाइनलाई बताए । 

Chaiis

नगरपालिकाको  १४ वडामा हरेको   पायोनीयर स्कुलमा अध्यनरत विराजसहित अब बूढानीलकण्ठ नगरपालिकामा अन्तर्राष्ट्रिय रेटिङ प्राप्त गर्ने दुइ खेलाडी  भएभन्छन  विध्यालायका प्राचार्य पुण्यराज पुडासैनी ।  यसभन्दा अगाडि १२४१ रेटिङ सन्देश कटुवाल प्राप्त गरेका थिए   ।

बुद्धिचाल खेलाडी उत्पादन गर्ने विद्यालयको रुपमा  चिनिदैं आएको पायोनीयर स्कुले  नियमित रुपमा विद्यालयस्तरीय उपत्यकाव्यापी बुद्धिचाल प्रतियोगिता, कपनव्यापी खुला बुद्धिचाल प्रतियोगिता जस्ता प्रतियोगिता आयोजना गर्दै आएको छ ।यस विद्यालयका छात्रछात्राहरुले राष्ट्रिय तथा  अन्तराष्ट्रिय स्तरका खेलहरु खेलिरहेका छन   ।

तपाइँको प्रतिक्रिया ।