बंगलादेशमा भएको चौथो अन्तर्राष्ट्रिय खुल्ला करांते च्याम्पियनशिपमा गोकर्णेश्वरकी एलिसा थापा मगरलाइ स्वर्ण

कपन अनलाइन

काठमाडौं, माघ ३ । बंगलादेशमा  भएको चौथो अन्तर्राष्ट्रिय खुल्ला करांते च्याम्पियनशिप २०२३मा  गोकर्णेश्वर नगरपालिकाको   तोयाकान नेपाल बादोरियो कराते डो  संघ  बाट   सहभागी भएका खेलाडीहरुले बिभिन्न विधामा पदक जितेका छन । प्रतियोगितामा नेपालको गोकर्णेश्वर नगरपालिकाको   तोयाकान नेपाल बादोरियो करातेडो  संघ  बाट   सहभागी एलिसा थापा मगरले स्वर्ण पदक जितेकी छिन भने निशान तामाङले  १ कास्य र एक रजत पदक जितेका छन ।

मिङ्गमा लमु शेर्पाले एक रजत र एक कास्य पदक जितेकी छन  प्रतियोगितामा सन्देश कार्कीले  २ कास्यपदक जितेका छन भने रन्जन कुमार सापकोटा, सुहाना कार्की, मिङ्गमा दिकि शेर्पा, र  खुशी के सिले कास्य पदक हासिल गरेकी छिन  । नेपालको गोकर्णेश्वर नगरपालिका बाट ५  जना अफिसियल सहित १२ जना खेलाडीहरुले उक्त प्रतियोगितामा  प्रतिनिधित्व  गरेका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।