नवौँ तारेभिर पर्यटन महोत्सवको प्रचारका लागि शिवपुरी पर्वतको काखमा साहित्य सम्मेलन

नवौँ तारेभिर पर्यटन महोत्सवको प्रचारका लागि शिवपुरी पर्वतको काखमा साहित्य सम्मेलन

कपन अनलाइन

काठमाण्डौ ,पुस २९।
नवौँ तारेभिर पर्यटन महोत्सवको प्रचारका लागि शिवपुरी पर्वतको काखमा साहित्य सम्मेलन आयोजना गरिएको छ।

माघ १ र २ गते हुने तारेभिर महोत्सवको दुई दिन अघि करिव छ दर्जन जति साहित्यकारहरू भेलाभई रचना वाचन गरेका छन  । सो साहित्य सम्मेलनको सभापतित्व वरिष्ठ साहित्यकार वेदमणि घिमिले गरेका थिए भने पूर्व मन्त्री रामेश्वर फुयाँलप्रमुख अतिथि रहेका  थिए ।

कणाद महर्षि, अच्युत प्रसाद पौडेल चिन्तन विशिष्ट अतिथिको भूमिकामाथिएभने विनोद मञ्जन, मधुसूदन पाण्डेय, मञ्जुश्री के.सी.रानु, मुरारी सिग्देल, ढुण्डीराज पोखरेल, थरेन्द्र बराल, बालचन्द्र प्रवाह लगायतका साहित्यकार अतिथिको आसनमा थिए । घुम्ती कविगोष्ठी नेपालकाअध्यक्ष रामकुमार पण्डितले कार्यक्रम सञ्चालन एवं संयोजन गरेको सम्मेलनमा साहित्यकारहरू चुच्चेपाटीबाट बसमा तारेभिर पु¥याएर करिव एक बजे बाट कवि गोष्ठी आयोजना  गरिएको थियो ।
तारेभिर महिला समुहले उपस्थित साहित्यकारहरूलाई फूल र खादाप्रदान गरी स्वागत गरेको थियो भने सो महिला समूहकी अध्यक्ष सुनिता राना मगरले स्वागत मन्तव्य दिएकाथिइन् ।

कार्यक्रममा निबन्धआचार्य, विनोद मञ्जन, कणाद महर्षि, रामेश्वर फुयाँल र वेदमणि घिमिरेले सान्दर्भिक मन्तव्य दिएका थिए ।

सो सम्मेलनमा  थरेन्द्र बराल, ढुण्डीराजअधिकारी, परशुराम पराशर, घनश्याम प्रसाईँ, ढुण्डीराज पोखरेल, निर्मलरमण पराजुली, अच्युत प्रसाद पौडेल चिन्तन, लीलाधर पाण्डे, अदिप्तप्रकाश, सीता घिमिरे, गीताअर्याल, नारायण नेपाल, राजबाबु श्रेष्ठ सागर, परीक्षा कोइराला, सरस्वती  गौतम, मन्जु थापा, सानु शर्मा, प्रमिला पौडेल, कुशुमशर्मा, निबन्धआचार्य, प्रमोद भण्डारी, रामेश्वर फुयाँल, दीक्पाल भण्डारी, केशव ज्ञवाली आगत, रविन्द्र आशिष शैली, सङ्गीता ढुङ्गाना दाहाल, रीताशाही, रुद्र अधिकारी, सुन्दर बहादुर खड्का, मेनका पोखरेल आचार्य, मधुसूदन पाण्डेय, भगवती रोका भूमिका, कात्यायन, शारदा पराजुली, ईच्छाराम थापा धड्कन, श्यामराज पाठक, विनोद मञ्जन, बालचन्द्र प्रवाह, वासुदेव ठकुरी, जनार्दन अधिकारी धड्कन, विष्णु थापा बिछोड, उर्मिलापन्त पाण्डेय, होमप्रसाद न्यौपाने, राजेशमान के.सी. लब खड्का, रामचन्द्र दाहाल, नैन जिरोङ, मुरारी सिग्देल, मञ्जुश्री प्रधान के.सी.रानु, रामकुमार पण्डित क्षेत्री, कुर्मराज आचार्य, कणाद महर्षि र वेदमणि घिमिरेले लगायतले साहित्यकारहरूले कविता, मुक्तत, गजल र मन्तव्य दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।