गोकर्णेश्वरमा  प्रथम मेयर कप नगर स्तरीय  रनिंङ शिल्ड फ़ुटसल प्रतियोगिता सोमबार बाट शुरु

गोकर्णेश्वरमा  प्रथम मेयर कप नगर स्तरीय  रनिंङ शिल्ड फ़ुटसल प्रतियोगिता सोमबार बाट  शुरु

कपन अनलाइन

काठमाडौँ, पौष २६ । गोकर्णेश्वर नगरपालिकामा  प्रथम मेयर कप नगर स्तरीय  रनिंङ शिल्ड फ़ुटसल प्रतियोगिताको शुरु भएको छ  । गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा उर्जावान युवा क्लब गोकर्णेश्वर ८ को संयोजकत्वमा  सोमबार बाट शुरु भएको उक्त प्रतियोगिताको उद्घाटन गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले गरेका थिए।

गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष संजय लामाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बिसेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष राजीव थापा, नेपाली कांग्रेस गोकर्णेश्वर इकाई ४ का सभापति ज्ञानकुमार श्रेष्ठ,आयोजक  संस्थाका पदाधिकारी सहित खेलाडी र खेल प्रेमी दर्शकहरुको उपस्थिति रहेको कार्यक्रम संचालन उर्जावान युवा क्लब गोकर्णेश्वर ८ का अध्यक्ष सरोज श्रेष्ठले गरेका थिए ।

गोकर्णेश्वर फुटसल तथा फिटनेस क्लबमा संचालन भएको उक्त प्रतियोगितालाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगर प्रमुख दिपक कुमार रिसालले नगरपालिकाले खेलकुदको बिकासका लागि धेरै काम गरिरहेको जानकारी गराएका थिए । उनले आफ्नो कार्यकालमा एउटा स्टेडियम र कवर्ड हलहरु  निर्माण गर्नको लागि आफु लागि परेको जानकारी दिदै  प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए  ।   हिजो भएको पहिलो उद्घाटन खेल ओख्रेनी युवा क्लब र क्यामसाङ युवा क्लब बीच भएको थियो निकै नै रोचक बनेको उक्त खेलमा क्यामसाङ युवा क्लबले ओख्रेनी युवा क्लबलाइ पराजित गरेको छ ।    त्यसै गरि हिजो नै भएको  अत्तरखेल युवा क्लब र र जया स्पोर्ट्स क्लब बीच को खेलमा  र जया स्पोर्ट्स क्लब बिजयी भएको छ ।

खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा  नगरपालिका भित्र रहेका क्लबमा रहेका फुटसलप्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्यका साथ आयोजना गरिएको उक्त  प्रतियोगितामा नगरपालिका भित्रका कुल २१ वटा टिमले सहभागिताजनाएका छन ।     उक्त प्रतियोगितामा प्रथम दितीय हुनेहरुलाई क्रमश  नगद रु २५ हजार र १५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनुको साथै उत्कृष्ट खेलाडीलाइ ट्रफी प्रदान गरिने आयोजकले जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।