गोकर्णेश्वरमा नगर अस्पतालको नयाँ भवन शिलान्यास

गोकर्णेश्वरमा नगर अस्पतालको नयाँ भवन शिलान्यास

कपन अनलाइन

काठमाडौँ, पौष २०। गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णमा निर्माण हुन लागेको नगर अस्पताल  नयाँ भवनको  शिलान्यास गरिएको छ।  मंगलबार एक कार्यक्रमका बीच उक्त भवनको नगर प्रमुख दिपक कुमार रिसाल उप प्रमुख सान्नानी लामा वडा अध्यक्ष एबम नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम महतले भवनको शिलान्यास गरेका हुन।

नगरपालिका भित्र रहेका बिरामीको चाप र सुबिधालाइ मध्यनजर गर्दै नगर भवनको शिलान्यास गरिएको हो ।उक्त भवनको लागि हाल नगरपालिकाले २५ लाख रुपैया विनियोजित गरेको र थप रकम क्रमश विनियोजित गर्दै जाने जानकारी गराइएको थियो ।भवन शिलान्यास कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय  अधिकृत बैकुण्ठ प्रसाद सापकोटा , नगर प्रवक्ता एबम वडानं ५ का वडा अध्यक्ष नारायण सुवेदी वडा नं ६ का वडा अध्यक्ष नवराज लामा वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेल, वडा नं ९का वडा अध्यक्ष राजीव थापा, वडा नं १ का वडा अध्यक्ष द्वारिका श्रेष्ठ, पूर्व नगर उप प्रमुख शान्ती नेपाल  लगायत स्वास्थ्यकर्मी कर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख दिपक कुमार रिसालले नगर अस्पतालको भवन निर्माणपछि नगरवासीको स्वास्थ्य सेवामा सहजता पुग्न सक्ने बताउँदै नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा विशेष ध्यान पुर्याइरहेको उल्लेख गरेका थिए ।सवै पक्षको सहकार्यमा स्वास्थ्यको पहुँच सवैमा पुर्याउन लाग्नु पर्नेमा जोड दिदै नगर प्रमुख रिसालले  अस्पतालले हालको चाप थेग्न नसकेको कारण तत्कालको लागि केहि कोठा निर्माण गर्न लागेको जानकारी गराए ।

कार्यक्रममा उप प्रमुख सान्नानी लामा ,वडा अध्यक्ष एबम नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम महत, नगर प्रवक्ता एबम वडानं ५ का वडा अध्यक्ष नारायण सुवेदी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।