प्रदेस सभा सदस्य श्याम बहादुर खड्काको नाम अबैध बन्यजन्तु तस्करीको घटनामा जोडियो
कपन अनलाइन
काठमाडौं, पौष १९।
काठमाण्डौ क्षेत्र नम ५ (२ ) बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य श्याम बहादुर खड्काको नाम अबैध बन्यजन्तु तस्करीको घटनामा जोडिएको छ।
पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिक, निकुञ्जका सुरक्षाकर्मी र कर्मचारी सम्मिलित टोलीले पर्साको सखुवा पर्सौनी गाउँपालिकाको अकवनियास्थित एक घरमा गत पुस ५ गते छापा मारेर मृत जरायो र केही हातहतियार बरामद गरेको घटनामा खड्काको नाम जोडिएको हो।
निकुञ्जको टोलीले त्यसबेला सखुवा प्रसौनी गाउँपालिकाको अकवनियाका झापस दास थारू, नवराज बस्नेत, काभ्रेका दामोदर अधिकारी, मालदोङ तामाङ र पर्साको सखुपा प्रसौनीकै लक्ष्मण सहनीलाई पक्राउ गरेको थियो।
सखुवा प्रसौनीमा रहेको प्रदेशसभा सदस्य प्रमोद जयसवालको घरमा छापा मार्दा भेटिएको बन्दुकका कारण काठमाडौँ क्षेत्र नं ५ (२) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद श्यामबहादुर खड्का पनि यो घटनामा तानिएका छन्।
निकुञ्जका वार्डेन अशोक रामले बरामद गरिएको बन्दुक काठमाडौँ क्षेत्र नम्बर ५ को प्रदेशसभा २ का सांसद श्यामबहादुर खड्काको नाममा दर्ता रहेको दावी गरेका छन।
त्यस्तै सो घटना बाहिर आए संगै प्रदेस सभा सदस्य खड्काले आफ्नो सामाजिक संजालमा बिज्ञप्ति जारी गर्दै वन्यजन्तु शिकारको घटनाको विषयलाई लिएर आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन।
पर्सा जिल्ला सखुवा प्रसौनी गाँउ पालिका वार्ड नं १ अकोनियामा मेरो कृषि फार्म रहेको र उक्त फार्म भित्र रहेको आफ्नो निजी निवासको शयन कक्षमा नेपाल सरकार, गृह मन्त्रालय बाट इजाजत प्राप्त एक थान हतियार र त्यसको इजाजत पत्र राखेको बताउदै खड्काले निजि निवासमा रहेको हतियार कसरी प्रयोग भयो भन्ने जानकारी प्राप्त गर्न नसकेको तर्क समेत गरेका छन।
घटनाका सम्बन्धमा आजको मिति सम्म कुनै पनि निकायले जानकारी गराएको वा सोधपुछ नगरेको स्पष्ट पार्न चाहन्छु भन्दै खड्काले घटनाको अनुशन्धान प्रक्रियामा पूर्ण साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त समेत गरेका छन।
खड्काको बिज्ञप्ति :
प्रेस विज्ञप्ती
पर्सा राष्ट्रिय निकुञ्जमा हालै भएको वन्यजन्तु शिकारको घटनामा मेरो समेत नाम जोडेर केहि संचार माध्यमहरुमा आएको समाचार प्रति मेरो गम्भिर ध्यानाकषण भएको छ । संचारमाध्यमहरुमा आए जस्तो उक्त घटनामा मेरो कुनै संलग्नता नरहेको प्रष्ट पार्न चाहन्छु ।पर्सा जिल्ला सखुवा प्रसौनी गाँउ पालिका वार्ड नं १ अकोनियामा मेरो कृषि फार्म रहेको र उक्त फार्म भित्र रहेको मेरो निजी निवासको शयन कक्षमा नेपाल सरकार, गृह मन्त्रालय बाट इजाजत प्राप्त एक थान हतियार र त्यसको इजाजत पत्र राखेको जानकारी गराउँदछु । संचार माध्यमहरुबाट चोरी शिकारमा मेरो उक्त हतियार प्रयोग भएको जानकारी पाएँ । घटना भएको समयमा म उक्त स्थानमा नभएकाले मेरो निजि निवासमा रहेको हतियार कसरी प्रयोग भयो भन्ने जानकारी प्राप्त गर्न सकेको छैन ।
घटनाका सम्बन्धमा आजको मिति सम्म मलाई कुनै पनि निकायले जानकारी गराएको वा सोधपुछ नगरेको स्पष्ट पार्न चाहन्छु ।म एउटा जिम्बेवार जन प्रतिनिधि भएकाले कानुनद्वारा निषेधित कुनै पनि क्रियाकलापमा संलग्न हुने कल्पना समेत गर्न सक्दिन । संचार माध्यमले एकपक्षिय ढंगवाट प्रेसित गरेको समाचारको खण्डन गर्न चाहन्छु ।
साथै घटनाको अनुशन्धान प्रक्रियामा पूर्ण साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।
श्याम बहादुर खड्का, सदस्य
वाग्मती प्रदेश सभा
एवं क्षेत्रिय सभापति काठमाडौं क्षेत्र नं ५