गोकर्णेश्वर -९  मा ज्येष्ठ नागरिकहरुको दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम सम्पन्न

गोकर्णेश्वर -९  मा ज्येष्ठ नागरिकहरुको दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम सम्पन्न

कपन अनलाइन 

काठमाडौँ,पौष १९ । गोकर्णेश्वर नगरपालिका वडा नं. ९  मा ज्येष्ठ नागरिकहरुको दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम  सम्पन्न भएको छ ।   सोमबार  गोकर्णेश्वर नगरपालिका र सशक्तीकरण अवसरको सहकार्यमा ६० वर्ष माथिका ज्येष्ठ नागरिक वडा बासीहरुलाई   वडा कार्यलय आरुबारीमा   दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम  सम्पन्न भएको हो ।

उक्त  कार्यक्रममा नगर प्रमुख दीपक रिसाल, वडा नं. ९  का वडा अध्यक्ष   राजीव थापा वडा सदस्यहरु उमेश चालिसे, लक्ष्मी गुरुङ गमला कुमारी परियार ,श्रीकृष्ण कारंजित, वडाका कर्मचारी,     स्वास्थ्यकर्मी लगायत    स्थानीय ज्येष्ठ नागरिकहरुको  उपस्थिती रहेको थियो । बिहान  १० बजे देखि अपरान्ह ३ बजे सम्म चलेको उक्त स्वास्थ्य शिविरमा  करिब १ सय  ५०  जना ज्येष्ठ नागरिकहरुको नि:शुल्क दृष्टि परिक्षण गरिएको र  सय  जनालाइ निशुल्क चस्मा वितरण गरिएको  वडा  अध्यक्ष राजीव थापा  कपन अनलाइनलाइ जानकारी गराए ।

स्वास्थ्य सेवामा सहज, सुलभ र समान पहँच  बिस्तार गर्ने उद्धेश्य सहित कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष राजीव थापाले जानकारी गराए उमेर ढल्किदै जाँदा आँखा सम्बन्धी समस्याका कारण कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले गोकर्णेश्वर नगरपालिका र सशक्तीकरण अवसरको सहकार्यमा सबै वडा समेटिने गरी  शिविर सञ्चालन गरिएको उनले प्रष्ट पारे   निशुल्क आँखा परिक्षण र चस्मा पाउदा ज्येष्ठ नागरिकहरु खुसि देखिन्थे।

तपाइँको प्रतिक्रिया ।