टेलिग्राम च्याट ग्रुपमा अश्लिल भिडियो पोस्ट गर्ने बुढानिलकण्ठ-९ का एक जना पक्राउ

टेलिग्राम च्याट ग्रुपमा अश्लिल भिडियो पोस्ट गर्ने बुढानिलकण्ठ-९ का एक जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,पुस १५।

टेलिग्राम च्याट ग्रुपमा अश्लिल भिडियो पोस्ट गर्ने बुढानिलकण्ठ-९ का एक जना पक्राउ परेका छन।

धादिङ्ग जिल्ला थाक्रे गाउँपालिका वडा नं ७ स्थायी घर भै हाल बुढानिलकण्ठ नगरपालिका वडा नं ९ बस्ने वर्ष १८ का रोजित आले मगरलाई प्रहरीले बुढानिलकण्ठबाट पक्राउ गरेको हो।

उनलाई विधुतीय कारोवार ऐन २०६३ अन्तर्गतको कसुरमा मुद्दा चलाइने प्रहरीले जानकरी दिएको छ।

 

तपाइँको प्रतिक्रिया ।