बुढानिलकण्ठका महिला उद्यमीहरुलाई खुसीको खबर !

बुढानिलकण्ठका महिला उद्यमीहरुलाई खुसीको खबर !

कपन अनलाइन

काठमाण्डौ ,पुस १२।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सिंहदरबार, काठमाण्डौं को यहि पुष १ गते शुक्रबार गोरखापत्रमा प्रकाशित सूचना बमोजिम मन्त्रालयको आ.व. २०७९।०८० को स्वीकृत बार्षिक कार्यक्रम अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेशबाट एक महिला उद्यमी समुह र बीस जना महिला उद्यमीहरुलाई प्रविधि सहयोग उपलब्ध गराउने कार्यक्रम रहेकोले इच्छुक महिला उद्यमी र महिला उद्यमी समूहले आवश्यक कागजात सहित यहि पुष १५ गते कार्यालय समय भित्र नगरपालिकामा निवेदन दिनहुन नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले सूचना प्रकाशन गरेको छ ।

बुढानीलकण्ठ नगरपालिकाले एक जना महिला उद्यमी र एक महिला उद्यमी समुह मात्र छनोट गर्नु पर्ने भएकोले सिफारिस गर्ने आधार महिला उद्यमशिलता विकास, बित्तीय पहुँच, टेवा पूँजी र प्रबिधि सहयोग कार्यक्रम संचालन कार्यबिधि २०७७ बमोजिम हुनेछ ।

निवेदन साथ संलग्न गर्नु पर्ने कागजातः

क. उद्योग/व्यवसाय दर्ता वा नवीकरणको प्रमाणपत्र ।
ख. स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ताको प्रमाणपत्र ।

ग. कर दाखिला गरेको प्रमाण वा कर चुक्ताको प्रमाणपत्र ।
घ. आवश्यकता अनुसार व्यवसायिक इजाजत पत्र ।
ङ. व्यवसायिक योजना ।
च. माग गरेको प्रबिधि र सो प्रबिधिको क्षमता ।

 

तपाइँको प्रतिक्रिया ।