Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/12/DSC_0699-1024x678.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वरमा दोस्रो मेयर कप खुल्ला करांते प्रतियोगिता २०७९ आज बाट शुरु हुदै

कपन अनलाइन 

काठमाडौँ, पौष ८ ।स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका  साथ गोकर्णेश्वर  नगरपालिकामा  दोस्रो मेयर कप खुल्ला करांते प्रतियोगिता २०७९ आज बाट शुरु हुने भएको छ।  गोकर्णेश्वर  नगरपालिकार युवा खेलकुद विकास समितिको आयोजना तथा तोयाकान नेपाल बादो-रियो करांते संघको संयोजकत्वमा  गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित लर्ड्स लाइट एकेडेमीको प्रांगणमा पौष ८ र ९ गते संचालन हुने उक्त प्रतियोगितामा बिभिन्न नगरपालिका बाट  करिब ५५० जना खेलाडीहरुले कुमिते र काता विधामा कुल ३० स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्ने बिहिबार पत्रकार सम्मेलनमा तोयाकन नेपाल बादो- रियो कराते –डो संघ का महासचिब एबम प्रमुख प्रशिक्षक अरुण कुमार कार्कीले  जानकारी गराए ।

खेल संस्कृतिको विकास गर्दै खेलकुदको माध्यमबाट  प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुगोस भन्ने हेतुले उक्त कार्यक्रम आयोजना गर्न लागिएको प्रशिक्षक कार्कीले  जानकारी गराए । प्रतियोगितामा बिजयी खेलाडीहरुलाई शिल्ड ,ट्रफी मेडल र प्रमाणपत्र प्रदान   गरिने समेत उनले जानकारी गराए ।  खेलाडीहरुको मनोबल बढाउनलागि बिभिन्न  क्षेत्रका खेलकुद प्रेमी बिशिष्ठ ब्यक्तिहरुलाइ आमन्त्रण गरिएको जानकारी गराउदै  कार्यक्रमको उद्घाटन काठमाडौं क्षेत्र नं ३ का संघिय सांसद  सन्तोष चालिसे तथा अन्य विशिष्ट ब्यक्तिहरुले शुक्रबार बिहान ११ बजे गरिने जानकारी दिदै कार्यक्रमको औपचारिक समापन गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल बाट हुने समेत जानकारी गराइएको थियो ।

पत्रकार सम्मेलनमा  गोकर्णेश्वर  नगरपालिकार युवा खेलकुद विकास समितिका संयोजक  तथा तोयाकान नेपाल बादो-रियो करांते संघका अध्यक्ष संजय लामाले खेलकुदको बिकासका लागि नगरपालिकाले बिभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराए  । पत्रकार सम्मेलनमा तोयाकान नेपाल बादो-रियो करांते संघका सल्लाहकार शम्भु प्रसाद अधिकारी, फुर्सांङ लामा  लर्ड्स लाइट एकडेमीका  प्रिन्सिपल  निराजन नेपाल लगायत आयोजक संस्थाका पदाधकारीहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।