लायन्स तथा लियो क्लब अफ काठमाडौं उत्तरवाहिनी द्वारा जाडोको लागि न्यानो कपडा वितरण

लायन्स तथा लियो क्लब अफ काठमाडौं उत्तरवाहिनी द्वारा जाडोको लागि न्यानो कपडा वितरण

कपन अनलाइन

काठमाडौं पौष ६ । जाडो याम सुरु भएसँगै स्कुले बालबालिकाका लागि धमाधम न्यानो कपडा वितरण हुन थालेका छन् । स्कुले बालबालिकाको स्वास्थ्य र शिक्षालाई ध्यानमा राखेर बिभिन्न संघसंस्था तथा ब्यक्तिहरुले न्यानो कपडा वितरण गरिरहेका छन् । सामाजिक तथा मानविय सेवामा सक्रिय  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डी अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं उत्तरवाहिनी र लियो क्लब अफ काठमाडौँ उत्तरवाहिनीले स्कुल सपोर्ट कार्यक्रम अन्तर्गत मंगलबार गोकर्णेश्वर नगरपालिका वडा नं ४मा संचालित  सहयोगी माबिमा अध्यनरत विद्यार्थीलाई रु ७५ हजार बराबरको स्कुल स्विटर वितरण गरेको हो ।

मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रममा १५० जना विद्यार्थीहरुलाई स्वेटर वितरण गरिएकोलायन्स क्लब इन्टरनेशनल ३२५ डी का फस्ट भाईस गभर्नर रमेश लामाले कपन अनलाइनलाइ जानकारी गराए । चीसोका कारण कोही पनि बालबालिकाको पढाई प्रभावित नबनोस भन्ने उदेश्य सहित क्लबले  जाडोको लागि न्यानो कपडा वितरण  गरेको उनले  बताए ।

स्विटर वितरण कार्यक्रममा  गोकर्णेश्वर नगरपालिका वडा नं   ४ का वडा अध्यक्ष जयराम महत, लायन्स क्लब इन्टरनेशनल ३२५ डी का फस्ट भाईस गभर्नर रमेश लामा , सेकेण्ड भाईस गभर्नर सुरेन्द्र बलाय लगायत आयोजक संस्थाका पदाधिकारीहरु सहित बिध्यालयका शिक्षक बिद्यार्थी र अभिभावकहरुको   उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।