गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वांगिण विकास समन्वय समितिले गर्यो नव निर्वाचित सांसदहरुलाई  सम्मान

गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वांगिण विकास समन्वय समितिले गर्यो नव निर्वाचित सांसदहरुलाई  सम्मान

कपन अनलाइन 

काठमाडौं पौष ५। काठमाडौं क्षेत्र नं ३ बाट नव निर्वाचित सांसदहरुलाई  सम्मान  गरिएको छ । गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वांगिण विकास समन्वय समितिले सोमबार  काठमाडौं क्षेत्र नं. ३ का संघीय सांसद सन्तोष चालिसे र समानुपातिक तर्फबाट संघीय सांसद शान्ति श्रेष्ठलाई समितिले सम्मान गरेको हो  ।

गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङ्गीण विकास समितिका अध्यक्ष कोमलबहादुर विष्टको अध्यक्षतामा भएको उक्त कार्यक्रममा  गोकर्णेश्वर नगर प्रमुख दीपक रिसाल,गोकर्णेश्वर नगरपालिका वडा   ४ का वडा अध्यक्ष जयराम महत, पूर्व वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा नं. २ का पूर्व वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षेत्री एवम् गोनपा ४ का वडा सदस्यहरु गौरी श्रेष्ठ, कृष्ण श्रेष्ठ, राजेश श्रेष्ठ र सुनिता परियार लगायत स्थानीयको उपस्थिति रहेको थियो   ।

कार्यक्रममा गोकर्णेश्वर मन्दिरको धार्मिक सांस्कृतिक महत्व र मन्दिर क्षेत्रको विकासको बारेमा चर्चा भएको थियो । कार्यक्रममा बोल्दै संसद द्वय सन्तोष चालिसे र शान्ति श्रेष्ठले सम्मानको लागि धन्यवाद दिदै जनताको आशा अपेक्षालाई पुरा गर्न लागि पर्ने बताएका थिए ।

कार्यक्रममा  गोकर्णेश्वर नगर प्रमुख दीपक रिसाल,गोकर्णेश्वर नगरपालिका वडा   ४ का वडा अध्यक्ष जयराम महत, पूर्व वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्दै  नव निर्वाचित सांसदहरुको सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

फोटो : जी के

तपाइँको प्रतिक्रिया ।