गोठाटार स्वास्थ्य चौकी कागेश्वरी मनोहरा ९ मा निशुल्क परिवार नियोजन तथा क्यान्सर परिक्षण गरिदै

गोठाटार स्वास्थ्य चौकी कागेश्वरी मनोहरा ९  मा निशुल्क परिवार नियोजन तथा क्यान्सर  परिक्षण गरिदै

कपन अनलाइन

काठमाडौँ, पौष ५ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ को गोठाटार स्वास्थ्य चौकीले सार्वजनिक सुचना जारि गरेको छ ।  स्वास्थ्य चौकी प्रमुख सजनी खड्काले जारि गरेको उक्त सुचनामा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ को गोठाटार स्वास्थ्य चौकीमा २०७८ साल पौष ७ गते बिहान १० बजे देखि अपरान्ह ३ बजे सम्म  पुरुषको लागि परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर (भ्यासेक्टोमी) तथा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी  निशुल्क जांच (VIA CAMP)संचालन हुने भएको हुँदा इच्छुक ब्यक्तिहरुले सेवा लिई मौकाको फाइदा उठाउन अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।