काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेको समिक्षा :अन्तर्घात भएको पुस्टि गर्न समिति गठनको माग

काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेको समिक्षा :अन्तर्घात भएको पुस्टि गर्न समिति गठनको माग

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २२।

काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेको समिक्षा बैठकमा निर्वाचनमा अन्तर्घातको विषय उठेपछि प्रदेस र जिल्ला स्तरीय नेताहरुले समिति गठन गरेर आरोप पुस्टि गर्न चेतावनी दिएका छन।

मंसिर २० गते नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को कार्यालय चावहिलमा भएको बैठकमा प्रदेस कमिटी र जिल्ला कमिटीका नेताहरुले क्षेत्रमा अहिले व्यापक रुपमा उठेको अन्तर्घात र आर्थिक चलखेलको विषयका वारेमा सत्यतथ्य छानविन गर्नुपर्ने भन्दै निराधार रुपमा बजारमा चलेका हल्लाहरु प्रति आक्रोस समेत पोखेका थिए।

काठमाण्डौ क्षेत्र नं ४ निर्वाचन परिचालन कमिटीका संयोजक रमेस बडालको अध्यक्षतामा भएको बैठकमा प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराई र क्षेत्र नं ४ (२ ) बाट निर्वाचित प्रदेस सभा सदस्य जयराम थापाले स्थानीय नेताहरु प्रति तीव्र आक्रोस पोखेपछि समिति गठनको माग  गरिएको हो ।

उक्त बैठकमा बागमती प्रदेस कमिटी सदस्य उद्दव प्रसाद खरेल र जिल्ला सदस्य तथा क्षेत्र नं ४ का संयोजक विदुर विक्रम खड्काले पार्टीको माथिल्लो तहबाट नै अन्याय गरिएकोमा दुख व्यक्त गर्दै खाली शंकाको भरमा आक्षेप लगाउने प्रवृति घातक र गलत भएको भन्दै असन्तुस्टी पोखेका थिए।

सो बैठकमा डा. राजन भट्टराईले जिम्मेवार नेताहरुले नै असहयोग गरेको भन्दै आक्रोस ब्यक्त गरेको र प्रदेस सभा सदस्य थापाले असहयोगका साथै नेताहरु ,जनप्रतिनिधि र वडा कमिटीहरुका जिम्मेवार व्यक्तिहरु समेत आर्थिक चलखेलमा लागेको हुनसक्ने बताएपछि आक्रान्त बनेका खरेल र खड्काले समिति गठन र छानविनको माग राखेको बैठकमा सहभागी एक नेताले कपन अनलाइनलाई बताएका छन।

विगतका निर्वाचनमा जस्तै यसपटक पनि आरोप प्रत्यारोप र कुण्ठा पोखेर हारका वास्तविक कारणहरुलाई छोप्ने प्रयासमा रहेका उम्मेदवारहरु निकट केहि तत्वहरु प्रभावशाली नेताहरुले समिति गठनको माग गरे संगै अफ्ट्यारोमा परेको चर्चा अहिले नेकपा एमालेमा चर्को रुपमा चलेको छ।

निर्वाचन परिणामपछि नेकपा एमाले क्षेत्र नं ४ मा रहेको असन्तुस्टी र असमझदारी प्रदेस सभा सदस्य जयराम थापाको विजय र्यालीमा स्पस्ट देखिएको थियो भने यसले अझै व्यापक रुप लिने संकेतहरु पनि देखिएका छन।

यता काठमाण्डौ क्षेत्र नं ४ का पुराना र उपल्लो तहमा रहेका नेताहरु एक अर्कालाई हिलो छ्यापेर गाइजात्रे रमिता देखाउदै गर्दा क्षेत्रका युवा नेताहरुले भने युवा नेतृत्वको माग सहित समानान्तर कमिटी घोषणा सम्मको तयारी गरेको चर्चाले राजनीतिक माहोललाई निकै तताएको छ।

नेकपा एमाले जस्तै काठमाण्डौ क्षेत्र नं ४ मा रास्ट्रीय प्रजातन्त्र पार्टीमा पनि प्रदेसका उम्मेदवारहरुले भन्दा आधा भन्दा कम  मत प्रतिनिधि सभामा आएपछि गम्भीर चर्चा परिचर्चा सुरु भएको छ भने क्षेत्र ४ (२ ) मा   गठबन्धनले धोका दिएको भन्दै सार्वजनिक रुपमा नै नेकपा एसका नेताहरुको रुवावासी चलेको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।