मामाघर होमस्टे एण्ड एडभेन्चरस रिसोर्ट गोकर्णेश्वर ४ ले यमरी पुन्ही बिशेष कार्यक्रम गर्दै

मामाघर होमस्टे एण्ड एडभेन्चरस रिसोर्ट गोकर्णेश्वर ४ ले  यमरी पुन्ही बिशेष कार्यक्रम गर्दै

कपन अनलाइन

काठमाडौँ, मङ्सिर २२ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ देशेमा संचालित मामाघर होमस्टे एण्ड एडभेन्चरस रिसोर्टले यमरी पुन्ही बिशेष कार्यक्रम गर्ने भएको छ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले धुमधामका साथ मनाउने  यमरी पुन्हीको अवसर पारेरयमरी पुन्ही बिशेष कार्यक्रम गर्न लागेको हो । नेवार समुदायमा यमरीको विशेष महत्व रहेको छ। विशेषगरी जन्मदिनलगायतका विशेष शुभकार्यमा यमरी नभई नहुने पकवान्न मध्ये एक हो। यमरी मठ मन्दिर, मानिसको जोडा जन्मदिन जस्तो दुई वर्ष, चार वर्षको जन्मदिनको अवसरमा नभई नहुने पकवान भएको र यमरीलाई कुवेर र गणेशका प्रतिकको रुपमा समेत लिइने मामाघर होमस्टे एण्ड एडभेन्चरस रिसोर्टका संचालक कृष्ण श्रेष्ठले जानकारी गराए  ।उनले संस्कृतिको संरक्षण गर्न समेत रिसोर्टले बिशेष कार्यक्रम गर्न लागिएको जानकारी गराए ।

नेवार जातीको रहनसहन, सस्कृति र प्राकृतिक सौन्दर्य  गोकर्णेश्वरको ऐतिहासिक गाउ देशेको विशेषता हो  । सोहि बिशेषतालाइ जोगाउन पनि  रिसोर्टले नेवारी रैथाने परिकारलाइ प्राथमिकतामा राखेको बताउने संचालक श्रेष्ठले स्वदेशी रैथाने परिकारको प्रवर्द्धन गर्नुका साथै कन्टिनेन्टल परिकार पनि उपलब्ध गराउदै आएको बताए ।

 मामाघर होमस्टे एण्ड एडभेन्चरस रिसोर्टले आयोजना गर्न लागेको  यमरी पुन्ही बिशेष कार्यक्रममा अन्तर्गत   लाइभ  यमरीका  प्रकार खुवा यमरी, चाकु यमरी,चकलेट र मासको यमरी बनाइने त्यसै गरि बारा र चटामरी बनाउने भएको छ भने लाइभ सांगेतिक प्रस्तुति समेत गर्ने भएको छ । जसमा रिलोडेड ब्याण्डको प्रस्तुति रहने संचालक श्रेष्ठले जानकारी गराए । त्यसैगरि मामाघर होमस्टे एण्ड एडभेन्चरस रिसोर्टमा बस्न चाहाने ग्राहकहरुलाई १० प्रतिशत छुटको व्यवस्था समेत गरेको जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।