प्रदेस र जिल्ला कमिटीका कारण काठमाण्डौ क्षेत्र नं ४ मा चुनाव हारियो : जयराम थापा

प्रदेस र जिल्ला कमिटीका कारण काठमाण्डौ क्षेत्र नं ४ मा चुनाव हारियो : जयराम थापा

कपन अनलाइन

काठमाण्डौ ,मंसिर १९।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) बाट बागमती प्रदेस सभामा निर्वाचित प्रदेस सभा सदस्य जयराम थापाले क्षेत्र नं ४ को संघीय निर्वाचनमा हुनुमा प्रदेस र जिल्ला कमिटीका जिम्मेवार नेताहरुको भूमिकाका कारण पराजय भोग्नु परेको बताएका छन।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ८ कमिटीले आयोजना गरेको निर्वाचन समिक्षा बैठकमा आफ्नो धारणा राख्दै सांसद थापाले संघीय क्षेत्रमा रहेका प्रदेस र जिल्ला कमिटी सदस्यहरु क्षेमता,अनुभव र प्रभाव अनुसार क्रियाशील नभएको दुखेसो पोखेका थिए।

वडा नं ८ को कार्की सेकुवा कर्नर एण्ड रेस्टुरेन्टमा नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य उद्दव खरेलको प्रमुख आतिथ्यता र वडा कमिटी अध्यक्ष बिनोद थापाको अध्यक्षतामा भएको सो बैठकमा प्रदेस सभा सदस्य थापाले क्षेत्रको संगठन विस्तारमा लामो समय विताएका नेताहरुको नाम नलिए पनि उनीहरुको भूमिकाका वारेमा भने प्रश्न उठाएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन।

काठमाण्डौ क्षेत्र नं ४ (२) मा दुई हजार भन्दा बढी मत अन्तरले निर्वाचित भएका नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी समेत रहेका थापाले पार्टीको औपचारिक मंचमा हारका कारणहरुका वारेमा बहस सुरु गरे संगै एमाले क्षेत्र नं ४ को राजनीति निकै तरंगित भएको बताउदै ति नेताले चौथो पटक भएको पराजयको निर्मम समिक्षा पहिलो पटक २०६४ मा भएको पहिलो हारबाट सुरु गर्नुपर्ने धारणा राखेका छन।

२०७४ सालको निर्वाचन जस्तै २०७९ सालमा पनि  स्थानीय तह र प्रदेसमा सानदार जित निकाले पनि प्रतिनिधि सभामा पराजित भएको नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ (२ ) का केहि  शाखा कमिटीहरुले निर्वाचनको समिक्षा सुरु गरेपनि क्षेत्रीय निर्वाचन परिचालन कमिटीले भने अझै समिक्षा बैठकको तयारी गरिसकेको छैन।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।