काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठ निर्वाचित
कपन अनलाइन
काठमाडौं, मङ्सिर ६ ।काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता कृष्ण गोपाल श्रेष्ठ निर्वाचित भएका छन् । स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९९५ मतले पछि पार्दै एमाले नेता श्रेष्ठ विजयी भएका हुन् ।
काठमाडौं क्षेत्र नम्बर ९ मा खसेको ४३०६७ मत मध्ये एमालेका कृष्ण गोपाल श्रेष्ठले ११९५६ मत ल्याउँदा उनको प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकवहादुर पोखरेल १०९६१ मतमा ल्याएका थिए । गठबन्धनबाट उम्मेदवार बनेकी कल्पना धमलाले ६४०२ मत ल्याइन् ।काठमाडौं क्षेत्र नम्बर ९ मा ७२ हजार १७३ मतदाता रहेकोमा ४३ हजार ६७ मत मात्रै झरेको थियो ।
तपाइँको प्रतिक्रिया ।