सडक सौन्दर्यका लागि गोकर्णेश्वर ५ का सडक किनारमा वृक्षारोपण

कपन अनलाइन

काठमाडौँ मङ्सिर २ ।   गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा  सडक सौन्दर्य करणका लागी बिभिन्न फुलजातका बिरुवा रोपिएको छ ।   वडा अध्यक्ष नारायण बहादुर सुवेदीको संयोजकत्वमा गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटी चोक देखि बरालपम्प सम्मको सडकका दायाँ बायाँ  बिभिन्न सौन्दर्य प्रजातिका  बिरुवा नगर प्रमुख दिपक कुमार रिसाल सहित स्थानीयको सहभागितामा  रोपिएको हो ।  हरियाली प्रवर्द्धन गर्ने उदेश्यका वृक्षारोपण गरिनुको साथै सो बिरुवाको संरक्षणको लागि तार जाली समेत राखिएको थियो ।

स्थानीयलाइ उक्त बिरुवा संरक्षण गर्नकोलागी समेत नगर प्रमुख दिपक कुमार रिसालले अनुरोध गर्दै सडक किनारमा गरिएको वृक्षारोपणले सडक सौन्दर्य मात्र नभई बातावरण प्रदुषण गर्न समेत सहयोग पुर्याउने हुनाले वृक्षारोपण गरिएको र अन्य स्थानमा पनि वृक्षारोपण कार्यलाई निरन्तरता दिदै जाने बताए ।

उनले उक्त बिरुवाहरुको अपनत्व लिई संरक्षण गर्नको लागि स्थानीयलाइ अनुरोध गरेका थिए । वडा अध्यक्ष  नारायण बहादुर सुवेदीले बढ्दो अव्यवस्थित सहरीकरणले हरियाली क्षेत्र मासिँदै गएको अवस्थामा हरियाली प्रवर्द्वनमा सहयोग पुर्याउनुको साथै सडक सौन्दर्य समेत बढाउने हुनाले वृक्षारोपण गरिएको बताए ।उनले रोपेको बिरुवाले प्रकृतिको संरक्षणमा सकारात्मक जनचेतना फैलाउन सहयोग पुर्‍याउने बिश्वास लिदै सो बिरुवा संरक्षणमा स्थानीयले सहयोग गर्ने पनि विश्वास ब्यक्त गरेका छन ।

तपाइँको प्रतिक्रिया ।