जयराम थापालाई जुर्ला त डाक्टर र माननीय हुने संयोग …….

कपन अनलाइन

काठमाडौं कात्तिक २९।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा नेकपा एमालेका तर्फबाट प्रदेस सभा सदस्य पदको उम्मेदवार रहेका जयराम थापा विद्यावारिधि (PHD) पुरा गर्ने अन्तिम चरणमा रहेका छन।

चुनावी चटारोमा नपरेको भए सायद यतिवेला उनले  भारतबाट अन्तर्राष्ट्रिय कुटनैतिक कानुनमा पिएचडी पुरा गरिसकेका हुन्थे। अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर गरेका थापाले मंगसिर ४ गते हुने निर्वाचनमा विजयी भएमा चाडै नै उनको नाम अगाडी डाक्टर र माननीय उपाधि जोडिने संयोग जुर्ने देखिएको छ।

बुढानिलकण्ठ -२ मा रहेको  गणेश मावि, चपली अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्षका रुपमा औपचारिक राजनीति सुरु गरेका थापाले  अनेरास्ववियु जिल्ला कमिटी हुँदै केन्द्रिय कमिटीमा रहेर जिम्मेवारी बहन गरेका थिए ।

वि. सं. २०५२ सालदेखि नेकपा एमालेको संगठित सदस्य रहेका  थापाले क्षेत्र नं. ४ मा बुद्धिजिवी कमिटीको ईन्चार्जदेखि नेकपा एमाले केन्द्रिय संस्कृति विभागको सदस्यका रुपमा राजनीतिक योगदान पुर्याएका थिए भने नेकपा एमाले निकट प्रगतिशिल कानुन व्यवसायी संगठन (पिपिएलए) पाटनको अध्यक्ष हुँदै केन्द्रिय कमिटी सदस्यका रुपमा पेशागत योगदान दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।