काठमाण्डौ-३ को नतिजामा “पुतली” ले प्रभाव पार्ने संकेत,आक्रामक अभियानमा स्वतन्त्र निरन्जन

काठमाण्डौ-३ को नतिजामा “पुतली” ले प्रभाव पार्ने संकेत,आक्रामक अभियानमा स्वतन्त्र निरन्जन

कपन अनलाइन

काठमाडौं कात्तिक २९।

काठमाण्डौ क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिएका निरन्जन पुडासैनी अहिले आक्रामक प्रचारको अभियानमा रहेका छन।

आफ्नो प्रचारको अभियानमा सृजनशील र पृथक शैली अपनाउदै क्षेत्रका जनताको घरदैलोमा पुगेर मत मागिरहेका पुडासैनीले उठाएका केहि मुद्दाहरुले क्षेत्र नं ३ को सम्भावित नतिजामा समेत अशर पार्न सक्ने आंकलन गरिएको छ।

काठमाण्डौ क्षेत्र नं ३ मा धेरै स्वतन्त्र उम्मेदवार भएतापनि लामो समय देखि विभिन्न सामाजिक र मानवीय सेवाका अभियानमा जोडिएका पुडासैनी अगाडी देखिएका छन।

काठमाण्डौ क्षेत्र नं ३ को ज्वलन्त र सर्वाधिक चासोको विषय बनेको बागमती पिडितहरुको समस्यालाई बुझेका पुडासैनीले त्यसका विविध पाटाहरुका वारेमा सार्वजनिक बहस गर्न तयार रहेको घोषणा गरेपछि राजनीतिक माहोल निकै तातेको छ।विगत दुई दशक भन्दा बढी समयदेखि सो विषयमा संघर्ष गर्दै आएका पुडासैनी बागमती पिडित संघर्ष समितिका अध्यक्ष समेत रहेका छन।

त्यस्तै काठमाण्डौ क्षेत्र नं ३ को समृद्धिका लागि घरेलु मदिरा उत्पादनलाई व्यवसायिक बनाउने अभियानलाई प्राथमिक मुद्दामा राखेका पुडासैनीले युवाहरुलाई स्वदेशमै रोक्न उधमशिलताको सुरुवात क्षेत्र नं ३ बाट गर्ने बताउदै मत मागिरहेका छन।

राष्ट्र,राष्ट्रियता र धर्मको संरक्षण आफ्नो मूल धर्म र मर्म रहेको धारणा राख्दै जनताको बिचमा पुगिरहेका पुडासैनीले जगडोल क्षेत्रको सांस्कृतिक,धार्मिक र प्राकृतिक विकासको स्पस्ट योजना आफु रहेको बताएका छन।

कुल मतदाता ५८  हजार ८ सय ८९  रहेको काठमाण्डौ क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवार पुडासैनीले माहोल बढाउदै लगेपछि उनको चुनाव चिन्ह “पुतली” ले सम्भावित नातिजामा  प्रभाव पार्ने संकेत देखिएको चर्चा चलेको छ।

पुडासैनी मैत्री समाजका महासचिव समेत रहेका पुडासैनीले काठमाण्डौ क्षेत्र नं ३ मा बाक्लो शंख्यामा रहेका पुडासैनी समुदायहरुलाई प्रभावित पारेको खण्डमा प्रतिनिधि सभाको नतिजा आश्चर्यजनक हुन् सक्ने विश्लेषण जानकारहरुले गरेका छन।

काठमाण्डौ क्षेत्र नं ३  मा सबैभन्दा बढी १५,५३१ मत पुडासैनीको गृह वडा  काठमाण्डौ महानगरपालिका वडा नं ६  मा रहेको छ भने सबै भन्दा कम १७४२ मत गोकर्णेश्वर  नगरपालिका वडा नं ९ मा रहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।