घरदैलो र मतदाता भेटघाटमा ब्यस्त हुदै नेकपा एमाले काठमाडौं क्षेत्र नं २ का उम्मेदवारहरु
कपन अनलाइन
काठमाडौं कत्तिक २२ । नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर-२ ले घरदैलो अभियान जारी राखेको छ।काठमाडौं क्षेत्र नं २ का नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार मणिराम फुयाल र प्रदेश सभा सदस्य उम्मेदवार सुबर्ण श्रेष्ठले घर दैलो अभियानलाइ तिब्रता दिदै आएका छन । उम्मेदवारहरुले प्रचारप्रसार शैली फेर्दै घरदैलो र मतदाता भेटघाटमा केन्द्रित हुन थालेका छन् ।
उम्मेद्वार सहित नेताकार्यकर्ता झन्डा र चुनाव चिन्ह बोकेर घरदैलोमा निस्किएको नेकपा एमालेले क्षेत्र नं २ का उम्मेदवारहरुले मतदाता सामु पुगी नेकपा एमाले र सुर्य चिन्हमा मतदान गर्नका लागि मतदाताहरु समक्ष आग्रह गर्दै आएका छन भने उम्मेदवारहरुले आफ्नो एजेण्डा मतदातालाई बुझाउने प्रयास गरेका थिए । एमालेको सरकारको पालामा थुपै विकासका काम भएको स्मरण गराउर्दै पुन पनि एमालेको सरकार बनाउनको लागि सुर्य चिन्हमा मतदान गर्न मतदातालाइ अनुरोध गरेका थिए ।
जनप्रतिनिधि भएर काम गरिसकेका काठमाडौं क्षेत्र नं २का उम्मेदवारहरुलाई व्यक्तिगत रुपमा पनि धेरैले चिन्छन । त्यसैले उनीहरुको घरदैलोमा अन्य राजनीतिक दल र स्वतन्त्र ब्यक्तिहरुको पनि शुभेच्छा र साथ देखिन्थ्यो ।
सभ्य र अनुसाशित रुपमा घरदैलो चलिरहेको प्रतिनिधि सभाका उम्मेदवार मणिराम फुयालले कपन अनलाइनलाइ जानकारी गराए । एमाले जनताको पार्टी भएकोले जित सुनिश्चित भएको बताउदै घरदैलोमा प्रचारप्रसार मात्र नभइकन जनताको सुखदुःख बुझ्ने काम पनि भइरहेको उनले बताए ।
उम्मेदवार फुयालले आफु सोहि क्षेत्रको माटोमा हुर्के बढेको हुँदा क्षेत्रका हरेक सुख दुख सम्भावना र अवसरहरु संग परिचित रहेको बताएका छन । उनले क्षेत्रको बिकासका लागि प्रदेश सांसद हुँदा पनि धेरै काम गरेको स्मरण गर्दै थप काम गर्नको लागि संघिय संसदमा काठमाडौं क्षेत्र नं २ का जनताले पुर्याउने बिश्वास ब्यक्त गरेका छन । प्रदेश सभा सदस्यका उम्मेदवार सुवर्ण श्रेष्ठले काठमाण्डौ क्षेत्र नं २ मा नेकपा एमाले विकास र समृद्धि मुद्दा बोकेर जनताको माझमा आएको बताएका छन ।
नेकपा एमाले जनताको सुख दुखःमा सदैव नजिक रहेको भन्दै स्थानियहरुले नेकपा एमालेलाई मत दिने स्थानीयहरुको प्रतिबद्दताले आफुलाई उत्साहित बनाएको बताएका छन ।२०७४ सालको निर्वाचनमा शंखरापुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका श्रेष्ठले नगरको विकास र सामाजिक गतिविधिमा निरन्तर सक्रियता देखाएका थिए।