नेकपा एमाले काठमाडौं क्षेत्र नं ३ को घर दैलो अभियान शुरु
कपन अनलाइन
काठमाडौँ कात्तिक १८ ।नेपाल कम्युष्टि पार्टी एमाले काठमाडौं क्षेत्र नं ३का उम्मेद्वारहरुले आज बाट औपचारिक रुपमा घरदैलो कार्यक्रम शुभारम्भ गरेका छन।
आज बिहान क्षेत्र नं ३ (१)का उम्मेदवार रामेश्वर फुयालले गोकर्णेश्वर नगरपालिका वडा नं २ बाट घरदैलो कार्यक्रम शुभारम्भ गरेका छन भने क्षेत्र नं ३ (१)का उम्मेदवार चन्द्रमान लामाले काठमाडौं महानगरपालिका वडा नं ६ चुच्चेपाटीबाट घरदैलो तथा भेटघाट कार्यक्रम शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा नेकपा एमाले क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्ण बहादुर राइ क्षेत्र नं. ३ (२) का प्रदेश सभा सदस्य उम्मेदवार रामेश्वर फुयाल , क्षेत्र नं ३ (१)का उम्मेदवार चन्द्रमान लामा समानुपातिक उम्मेदवार शान्ती श्रेष्ठ सहित नेकपा एमाले आवद्ध दलका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । राजनीतिक दलहरूले बिहीबारदेखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएसँगै घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।
निर्वाचन आचारसंहिताले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदानको दिनभन्दा १७ दिन अघिदेखि मात्रै जुलुस, कोणसभा तथा आमसभा गर्न पाउने व्यवस्था गरिएको हो ।
घरदैलो तथा भेटघाट कार्यक्रममा नेकपा एमाले क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्ण बहादुर राइ , क्षेत्र नं. ३ (२) का प्रदेश सभा सदस्य उम्मेदवार रामेश्वर फुयाल क्षेत्र नं ३ (१)का उम्मेदवार चन्द्रमान लामाले आफुहरु पार्टीको प्रतिनिधिको रुपमा उठेको हुँदा ब्यक्ति भन्दा पनि पार्टीलाइ अत्याधिक बहुमतका साथ् बिजयी गराउन अपिल गरेका थिए ।
उनीहरुले मङ्सिर ४ गते हुने निर्वाचनमा सबैले सूर्य चिन्हमा मतदान गरी देश र क्षेत्र विकासको लागि नेकपा एमालेलाई विजयी बनाउन आग्रह गरेका थिए । नेकपा एमाले जनताको सुख दुःखमा साथ दिदै आएकोले नेकपा एमालेलाई सबैले सहयोग गर्ने विश्वास समेत ब्यक्त गरेका थिए ।
घरदैलोमा उम्मेदवारहरुले नेकपा एमालेको पक्षमा सुर्य चिन्हमा मतदान गर्नका लागि मतदाताहरु समक्ष आग्रह गरेका थिए ।घरदैलोको क्रममा उम्मेदवारहरुले आफ्नो एजेण्डा मतदातालाई बुझाउने प्रयास गरेका थिए ।