पुनःस्थापना र जनउद्धारमा सामाजिक जागरण अभियान नेपाल

पुनःस्थापना र जनउद्धारमा  सामाजिक जागरण अभियान नेपाल

कपन अनलाइन ,बुनपा,  २८ जेठ । विनासकारि भुकम्पले काठमान्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिकामा पनि धेरै धार्मिकस्थल तथा सांस्कृतिक  धरोहर  हरुलाई  क्षति पुगेको छ । कैयौ घरहरु भत्किएका छन् भने भत्किनसकेका तर बस्न नमिल्ने घरहरु पनि थुप्रै छन ।11235464_783179025137133_5701923640111296781_o

फोटोहरु: पुरुषोतम सापकोटा/कपन अनलाइन 

यसै क्षेत्र अन्र्तगत पर्ने हिन्दुहरुको आस्थाको केन्द्र  भगवान बिष्णु बुढानिलकण्ठ मन्दिरको  दक्षिण तर्फ रहेको   धर्मशाला पनि पूर्ण रुपमा क्षति भएको छ । क्षतिग्रस्त  धर्मशालालाई सामाजिक जागरण अभियान नेपालका स्वयंम्सेबक र बुढानिलकण्ठ क्षेत्र बिकास समितीका स्वयंम्सेबक टोलीले सयुंक्त रुपमा पुनः स्थापना गरेका छन ।सयुक्त रुपमा गरिएको उत कार्यमा संगै काम गर्ने अवसर भने कपन अनलाइनले जुटाइदिएको थियो ।

11215106_789620287826340_4537726873013907675_n

उक्त कार्यक्रम पछी बुढानिलाकण्ठ क्षेत्र बिकास समितिका सदस्य सचिब मनोज श्रेष्ठले नगरमा थुप्रै सामाजिक संस्थाहरु रहेको तर सर्वप्रथम सारा हिन्दुहरुको आस्थाको धरोहरलाई उद्धार  गर्न सामाजिक जागरण अभियान नेपाल आएकोले  धन्यवाद दिनु भयो । सो अवसरमा  श्रेष्ठले अहिले देशलाई युवाहरुको जोश, जागंरको खाँचो छ, त्यसैले सबैले आफ्नो स्थानबाट सक्दो अरुलाई सहयोग गरौ भनि अपिल गर्नु भयो  । “बुढानिलकण्ठ नगरपालिका अन्र्तगतका १२, १४, र ५ नं. वडामा पनि सामाजिक जागरण अभियान नेपालले पुनःस्थापना तथा उद्धार सम्बन्धी काम गरिसकेको छ  ।

11428495_793112904143745_7940913074131006499_n

२ महिने उद्धार  तथा पुनः स्थापना कार्यमा सम्पूर्ण  नगरबासीहरुलाई अभियानमा सहभागि हुन अनुरोध गर्दै पुनःस्थापना र उद्धार अभियानका संयोजक प्रेम गुरागाईले  यदि नगरमा कुनै धराप घरहरु छन भने संस्था लाइ  पिडित ले  सम्पर्क गरेमा पिडितको सम्पातिको क्षति निउनिकरण गर्दै  भत्काउन सहयोग गर्ने जनाएका छन्  ।

तपाइँको प्रतिक्रिया ।