ज्ञान बहादुर खड्का (जीबी ) को चुनावी अभियानको अग्रमोर्चामा नानीबाबु बुढाथोकी….

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १३।

ओखलढुंगा जिल्ला प्रदेस क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार ज्ञान बहादुर खड्काको चुनावी अभियानमा प्रभावशाली नेता नानीबाबु बुढाथोकी अग्रमोर्चामा देखिएका छन।

आफ्नो गृहपालिका सुनकोशी गाउँपालिका वडा नं ८ को कार्यक्रममा खड्का संगै नेकपा एमाले प्रदेस नं १ कमिटीका सचिवालय सदस्य बुढाथोकी , लिखु गाउँपालिकाकी प्रथम उपप्रमुख तथा प्रदेस कमिटी सदस्य शान्ता ढुंगेल लगायत नेता तथा कार्यकर्ताहरु सहित पुगेका खड्कालाई न्यानो स्वागत गरिएको थियो।

२०७० सालको निर्वाचनमा ओखलढुंगा क्षेत्र नं २ को निर्वाचनमा संविधान सभा सदस्यको उम्मेदवार  रहेका बुढाथोकी चुनावी  मोर्चाको अग्रभागमा सक्रिय बने संगै क्षेत्रको सुनकोशी सहित लिखु र चम्पादेवी गाउँपालिकामा समेत नेकपा एमालेको अवस्था निकै मजबुत बनेको एक जिल्ला सदस्यले बताएका छन।

संघियता अगाडी प्रतिनिधि सभा र त्यस पश्चात प्रदेस सभा बनेको ओखलढुंगा क्षेत्र नं २ मा पहिलो पटक नेकपा एमालेले  जित्ने बलियो आधार बनेको दावी गर्दै ति सदस्यले विभिन्न चर्चा ,परिचर्चा र अनुमानलाई गलत सावित गर्ने एकतावद्ध भएर चुनावी अभियानमा होमिएको धारणा राखेका छन।

लिखु,चम्पादेवी,सुनकोशी र मानेभन्ज्याङ्ग  गाउँपालिकाका ३८ वटा वडा रहेको यस प्रदेस निर्वाचन क्षेत्रमा २०७४ सालको प्रदेस सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका मोहन बहादुर खड्का विजयी बनेका थिए भने नेपाली कांग्रेसका प्रदिप सुनुवार निकटतम प्रतिद्वन्दी रहेका थिए।

तपाइँको प्रतिक्रिया ।