शंखरापुरको इन्द्रायणी महादेव खोला पुल देखि सलम्बुटार ओरालो सम्मको मूल सडकमा सिसिटिभी क्यामरा जडान गरिदै
कपन अनलाइन
काठमाडौँ, कत्तिक १ । शंखरापुर नगरपालिकाको सिमानावडा नं ६ इन्द्रायणी महादेव खोला पुल देखि वडा नं ९ को सलम्बुटार ओरालो सम्मको मूल सडकमा सिसिटिभी क्यामरा जडान गरिएको छ ।
नगरपालिकाको सहयोगमा इन्द्रायणी महादेव खोला पुल देखि सलम्बुटार ओरालो सम्म आवश्यकता हेरी हाललाइ १८ वटा सिसिटिभी क्यामरा जडान गरिएको र अन्य स्थानमा पनि थप सिसिटिभी क्यामरा जडान गर्ने योजना रहेको शंखरापुर नगरपालिकाका प्रवक्ता एबम वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी गराए ।
पछिल्लो समयमा विभिन्न चोरी, डकैती लगायतका विभिन्न अपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोगी उपकरणको रुपमा प्रयोग हुने भएको कारण सिसिटिभी शुरक्षा दृष्टीकोणले महत्वपुर्ण रहेको हुँदा सिसिटिभीले टोलको सुरक्षामा महत्वपुर्ण भुमिका खल्ने बिश्वास समेत प्रवक्ता श्रेष्ठले गरेका छन । वडा टोलको सुरक्षा तथा सडक दुर्घटना र आपराधिक गतिविधिमाथि निगरानी गर्न सजिलो हुने भएकोले सिसिटिभी जडान गरिएको उनले प्रष्ट पारेका छन ।सिसिटिभी जडानपछि सुरक्षाप्रति जनताको विश्वास अझ बढ्ने बिश्वास ब्यक्त गर्दै सडक दुर्घटनाको जानकारी, दुर्घटना पछिको रेस्क्यू, अपराधपछि भाग्ने अवस्थाको न्यूनीकरणका लागि पनि सिसिटिभी जडान महत्वपुर्ण भएको हुँदा चाडैनै नगरपालिकाको पालुवारी , फेदी, पौवा, नाङलेभारे लगायतका मुलसडक र मुख्य चोकहरुमा सिसिटिभी जडान गर्ने योजना समेत रहेको प्रवक्ता श्रेष्ठ ले जानकारी गराएका छन ।