शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

कपन अनलाइन 

काठमाडौँ,असोज ३१। सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा  भोलि सार्वजनिक बिदा दिएको छ ।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन  ।

१०३ वर्षको उमेरमा शताव्दी पुरुष जोशीको आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा भोलि कात्तिक १ गते  देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलद्वारा जारी गरिएको बिज्ञप्तिमा   उल्लेख गरिएको छ  ।

 

तपाइँको प्रतिक्रिया ।