काठमाण्डौ क्षेत्र नं ३ : छिरिङ र बिमल प्रदेसमा दोहोरिदा प्रतिनिधि सभमा सन्तोषको इन्ट्री…
कपन अनलाइन
काठमाण्डौ,असोज २८।
काठमाण्डौ क्षेत्र नं ३ मा छिरिङ दोर्जे लामा र बिमल ठकुरी दोश्रो पटक प्रदेस सभा सदस्यको उम्मेदवार बन्दा प्रतिनिधि सभामा सन्तोष चालिसेको इन्ट्री भएको छ।
२०७४ सालको प्रदेस सभाको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ३ (१ ) मा नेपाली कांग्रेसको उम्मेदवार बनेका छिरिङ दोर्जे लामा र प्रदेस सभा क्षेत्र नं २ मा उम्मेदवार बनेका बिमल ठकुरी दोहोरिए पछि प्रतिनिधि सभा सदस्यमा क्षेत्रीय सभापति सन्तोष चालिसे उम्मेदवार बनेका छन।
गोकर्णेश्वर नगरपालिकाका प्रथम नगर प्रमुख चालिसे चुनावी मैदानमा उत्रिए संगै काठमाण्डौ क्षेत्र नं ३ को राजनीतिक माहोल रोमान्चक,तरंगित र आक्रामक बनेको चर्चा गर्न थालिएको छ।
२०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक जोरपाटी गाउँपालिकाका जनप्रतिनिधि रहेका नेकपा एमालेका कृष्ण राई र नेपाली कांग्रेसका सन्तोष चालिसे विचको चुनावी भिडन्तलाई निकै चासो पुर्वक हेरिएको काठमाण्डौ क्षेत्र नं ३ मा दिनेश खनाल र निरन्जन पुडासैनीको स्वतन्त्र उम्मेद्वारीले पनि थप रौनक थपेको छ।
काठमाण्डौ महानगरपालिका वडा नं ६,कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं १,२, ३ र गोकर्णेश्वर नगरपालिकाका १ देखि ९ वडा रहेको काठमाण्डौ क्षेत्र नं ३ मा २०७४ सालको निर्वाचनमा नेकपा एमालेका कृष्ण राई विजयी बनेका थिए भने उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी अम्बिका बस्नेत रहेकी थिइन्।
त्यस्तै २०१७४ सालको प्रदेस सभा सदस्यको निर्वाचनमा क्षेत्र नं १ बाट नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा र क्षेत्र नं २ बाट नेकपा एमालेका रामेश्वर फुँयाल विजयी बनेका थिए।