पहिलो पटक काठमाण्डौ क्षेत्र नं ४ (१ ) को चुनावी मैदानमा तेज प्रसाद ढकाल र श्रीराम लामिछाने
कपन अनलाइन
काठमाण्डौ ,असोज २४।
मंगसिर ४ गते हुने प्रदेस सभाको निर्वाचनका लागि काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा नेकपा एमालेका तेज प्रसाद ढकाल र नेपाली कांग्रेसका श्रीराम लामिछानेले उम्मेद्वारी दर्ता गरेका छन।
काठमाण्डौ महानगरपालिका वडा नं ३० निवासी ढकाल र वडा नं ७ निवासी लामिछाने पहिलो पटक प्रत्यक्ष चुनावी मैदानमा उत्रिएका हुन। नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी उपसचिव ढकाल र महाधिवेसन प्रतिनिधि लामिछाने महानगरपालिकाका चार वटा वडा रहेको प्रदेस क्षेत्रमा उम्मेदवार बनेका हुन।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा ढकाल र लामिछाने सहित ५० जना उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन ।
तपाइँको प्रतिक्रिया ।