तिन दिनपछि प्रतिनिधि सभा र प्रदेस सभामा उम्मेद्वारी मनोनयन दर्ता
कपन अनलाइन
काठमाण्डौ ,असोज २०।
मंगसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेस सभाको निर्वाचनका लागि उम्मेद्वारी मनोनयन असोज २३ गते हुदैछ। समानुपातिक सुचीको तयारी पछि असोज २३ गते १६५ प्रतिनिधि सभा क्षेत्र र ३३० प्रदेस सभा क्षेत्रमा उम्मेद्वारी दर्ता हुनेछ।
असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय रहेको छ ।
यसैगरी, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने गरी तोकिएको छ ।
त्यस्तै, १ मंसिर राति १२ बजेबाट मौन अवधि लागू हुने कार्यतालिका छ ।
तपाइँको प्रतिक्रिया ।