शंखरापुर नगरपालिकाका जनप्रतिनिधिहरुले १०० दिनमा प्राप्त गरेका उपलब्धीहरु सार्वजनिक

शंखरापुर नगरपालिकाका जनप्रतिनिधिहरुले १०० दिनमा प्राप्त गरेका उपलब्धीहरु सार्वजनिक

कपन अनलाइन

काठमाडौँ, असोज १२ ।शंखरापुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले पदबहाली गरेको १०० दिनमा गरेका महत्वपूर्ण उपलब्धीहरु सार्वजनिक गरेको छ ।आज नगरपालिका द्वारा आयोजित बृहत सरसफाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुले पदबहाली गरेको १०० दिनमा  गरेका महत्वपूर्ण उपलब्धीहरुको बारेमा नगर प्रवक्ता एबम वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी गराएका हुन ।नगरपालिकाले  स्वास्थ्य, कृषि तथा पशुपंक्षी ,पर्यटन,शिक्षा, बातावरण तथा विपद  सामाजिक समावेशीकरण सहकारी  र विविध बिषयमा निम्न कार्य गरेको जानकारी गराएका थिए ।

उनले  स्वास्थ्य सम्बन्धी  निम्न काम भएको जानकारी गराए ।

१) गर्भवती महिला तथा ६० बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई निशुल्क  एम्बुलेन्स सेवाको व्यवस्था गरिएको ।

२) सुष्मा कोइराला, मेमोरियल अस्पताल संग द्विपक्षीय सम्झौता गरि ७ वटा निशुल्क तथा ११ वटा ३०-६० प्रतिशत  सहुलियत छुटमा स्वास्थ्य सेवाको व्यवस्था गरिएको ।

३) निशुल्क शव बहानको व्यवस्था गरिएको ।

४) मेयर संग नि:शुल्क घर दैलो स्वास्थ्य सेवा कार्यक्रम शुरुवात  भएको ।

५)इन्द्रायणी नगर अस्पताल बाट स्वास्थ्य वीमा कार्यक्रमको  शुभारम्भ भएको ।

६) जर्मन सरकारको सहयोगमा वडा नं ७ कठनचोकमा अस्पताल निर्माणको प्रक्रिया अगाडी बढेको ।

७) विकास साझेदारहरुको आर्थिक सहयोगमा एम्बुलेन्स खरिद प्रक्रिया अगाडी बढेको ।

              त्यसै गरि कृषि तथा पशुपंक्षी सम्बन्धी

१) बागमती प्रदेश सरकारले ५५ मेट्रिक टन रासायनिक मलको कोटा निर्धारण गरेकोमा नगरपालिकाको बिशेष पहलमा १७९ मेट्रिक टन मलको कोटा बृद्दी गर्न सफल ।

२) कृषि विकास कार्ययोजना तयारी प्रक्रिया अगाडी बढेको ।

३) बागमती प्रदेश सरकारको लगानीमा वडा नं ३ मा पशु स्वास्थ्य क्लिनिक प्रक्रिया अगाडी बढेको ।

                           पर्यटन  सम्बन्धि

१) नगर स्तरीय एकीकृत पर्यटकीय गुरुयोजना तयारीको प्रक्रिया अगाडी बढेको ।

                                     शिक्षा तर्फ

१ ) सामुदायिक बिद्यालयमा माध्यमिक तह कक्षा ११ मा निशुल्क भर्नाको व्यवस्था  गरिएको ।

२) स्थानीय  मातृभाषा (नेपाल भाषा र तामाङ भाषा) मा पाठ्यक्रम तयारी कार्य दल गठन भएको ।

                             वातावरण तथा विपद तर्फ

१)  ल्याण्डफिल्को व्यवस्थापनको  लागि नगरपालिकामा ल्याण्डफिल सम्भाव्य स्थानको खोजी गरि उपयुक्त बिकल्पमा फोहोर व्यवस्थापन गर्ने प्रयास भइरहेको ।

२) IEE गरि तोकिएको क्षेत्रबाट मात्र ढुंगा, गिट्टी, बालुवा उठाउने व्यवस्था मिलाइएको ।

३) विपद व्यवस्थापन तथा रोकथामको लागि त्रिपाल वितरण तथा आर्थिक सहयोग गरिएको ।

                     सामाजिक समावेशीकरण  तर्फ

 १) बाबु आमा बिहिन बालबालिकाहरुलाई पोषण शैक्षिक सामग्री र रु ४ हजारका दरले उपलब्ध गराइएको ।

२) सामाजिक समावेशीकरणका लागि बिभिन्न किसिमका जनचेतनामुलक तथा सीपमुलक  तालिम संचालन गरिएको ।

   सहकारी तर्फ

१) नगरपालिका भित्रका सहकारी संस्थाहरुलाई वित्तीय जोखिमका क्षेत्रहरु, लेखापालन र सहकारी संस्थाको व्यवस्थापन सम्बन्धी सघन तालिम दिइ  संस्थागत सुदृढीकरण गर्ने गरिएको  ।

विविध

१) जापान, चीन लगायत युरोपियन मुलुकहरुका नगरपालिका संग भगिनी सम्बन्ध स्थापित गर्न प्रारम्भिक चरणको पहल भएको ।

२) भुमि वर्गीकरण कार्य सम्पन्न गरिएको ।

३) सम्पदा बस्ती भित्रका घरहरु निर्माणको लागि प्रतिघर रु १ लाखमा रु २५ हजार थप गरि नगरपालिका बाट उपलब्ध गराइएको ।

४) नगरस्तरीय समिक्षा कार्यहरु सम्पन्न गरिएको ।

५)नगरपालिकाको बिभिन्न वडाका सार्वजनिक जग्गाको लागत संकलन कार्य अन्तिम चरणमा रहेको ।

६) वडामा काम गर्ने इन्जीनियरिङ सेवाको प्राविधिकहरु बाट ‘घ’ बर्गको नि:शुल्क नक्सा निर्माणको व्यवस्था गरिएको।

७) काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको लगानीमा साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समितिको भवन  निर्माण प्रक्रिया अगाडी बढेको ।

८) अपराधिक तथा  विविध गतिबिधिहरुको निगरानी गर्न वडाका बिभिन्न क्षेत्रहरुमा सि.सि.टि.भी क्यामरा जडान गरिएको जानकारी दिदै आउदै गरेको चाडपर्वहरुको शुभकामना ब्यक्त गरेका थिए ।

नगरप्रमुख रमेश नापितको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर उप प्रमुख समिता श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृत बासुदेब खनाल, प्रहरी प्रभाग साँखुका कार्यालय प्रमुख प्रहरी निरीक्षक जनक पुरीकार्यपालिका सदस्यहरु जनप्रतिनिधिहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधि नगरपालिकाका बिभिन्न शाखाका शाखा प्रमुख  स्वास्थ्य स्वयं सेविका  संघ संस्थाका प्रतिनिधिका साथै कर्मचारी र स्थानीयको उपस्थिति रहेको सो कार्यक्रम संचालन नगरपालिकाका प्रशासन शाखा प्रमुख सुभद्रा पुडासैनीले गरेकी थिइन ।कार्यक्रममा बोल्ने वक्ताहरुले आउदै गरेको चाडपर्वको शुभकामना सहित आफ्नो भनाइ राखेका थिए  ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

विविध

१) जापान, चीन लगायत युरोपियन मुलुकहरुका नगरपालिका संग भगिनी सम्बन्ध स्थापित गर्न प्रारम्भिक चरणको पहल भएको ।

२) भुमि वर्गीकरण कार्य सम्पन्न गरिएको ।

३) सम्पदा बस्ती भित्रका घरहरु निर्माणको लागि प्रतिघर रु १ लाखमा रु २५ हजार थप गरि नगरपालिका बाट उपलब्ध गराइएको ।

४) नगरस्तरीय समिक्षा कार्यहरु सम्पन्न गरिएको ।

५)नगरपालिकाको बिभिन्न वडाका सार्वजनिक जग्गाको लागत संकलन कार्य अन्तिम चरणमा रहेको ।

६) वडामा काम गर्ने इन्जीनियरिङ सेवाको प्राविधिकहरु बाट ‘घ’ बर्गको नि:शुल्क नक्सा निर्माणको व्यवस्था गरिएको।

७) काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको लगानीमा साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समितिको भवन  निर्माण प्रक्रिया अगाडी बढेको ।

८) अपराधिक तथा  विविध गतिबिधिहरुको निगरानी गर्न वडाका बिभिन्न क्षेत्रहरुमा सि.सि.टि.भी क्यामरा जडान गरिएको जानकारी दिदै आउदै गरेको चाडपर्वहरुको शुभकामना ब्यक्त गरेका थिए ।

 नगरप्रमुख रमेश नापितको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर उप प्रमुख समिता श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृत बासुदेब खनाल, प्रहरी प्रभाग साँखुका कार्यालय प्रमुख प्रहरी निरीक्षक जनक पुरी,  बिभिन्न राजनीतिक दलका प्रतिनिधि नगरपालिकाका बिभिन्न शाखाका शाखा प्रमुख  स्वास्थ्य स्वयं सेविका  संघ संस्थाका प्रतिनिधिका साथै कर्मचारी र स्थानीयको उपस्थिति रहेको सो कार्यक्रम संचालन नगरपालिकाका प्रशासन शाखा प्रमुख सुभद्रा पुडासैनीले गरेकी थिइन ।

कार्यक्रममा बोल्ने वक्ताहरुले आउदै गरेको चाडपर्वको शुभकामना सहित आफ्नो भनाइ राखेका थिए  ।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।