संविधान दिवसको अवसरमा राष्ट्रिय शहिद तथा शान्ति पार्क,निजामती (स्मारक) जगडोलमा दिप प्रज्वलन

संविधान दिवसको अवसरमा राष्ट्रिय शहिद तथा शान्ति पार्क,निजामती  (स्मारक) जगडोलमा दिप प्रज्वलन

कपन अनलाइन

काठमाडौँ, असोज ४ । संविधान दिवस २०७९ को अवसरमा गोकर्ण जगडोलमा रहेको राष्ट्रिय शहिद तथा शान्ति पार्क,निजामति (स्मारक)स्थित शहिद स्तम्भमा  दिप प्रज्वलन गरिएको छ  । संविधान सभाबाट संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा मनाइने दिवसको अवसरमा दिप प्रज्वलन गरिएको हो। उक्त कार्यक्रममा बागमती प्रदेशका बन तथा बातावरण मन्त्री बिशाल खड्का पुर्व प्रदेश मन्त्री रामेश्वर फुयाल गोकर्णेश्वर नगरपालिकाका प्रथम नगर प्रमुख सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा,यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल नेकपा माओवादीका नेता टि आर नेपाल, जनप्रतिनिधि लगायत सामुदायिक बनका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो   ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनको क्रममा जीवन गुमाउनु हुने ज्ञात अज्ञात शहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बागमती प्रदेशका बन तथा बातावरण मन्त्री बिशाल खड्काले  लोकतान्त्रिक आन्दोलनबाट प्राप्त सम्पूर्ण उपलव्धीलाई संस्थागत गर्दै आर्थिक समृद्धी र समुन्नतीको दिशामा मुलुक अझै तीव्र रूपमा अघि बढ्न सकोस् भनि शुभकामना समेत व्यक्त गरेका  थिए  । संविधान दिवस २०७९ को अवसरमा  पार्क परिसरमा वृक्षारोपण समेत गरिएको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।