Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/09/307505042_192434816586228_8637804736592248839_n-723x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर युवा उपकार क्लबले २० औं वडा दशैँ रनिंग शिल्ड नकाउट फुटबल प्रतियोगिता गर्ने

कपन अनलाइन

काठमाडौँ, असोज ३ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णमा रहेको गोकर्णेश्वर युवा उपकार क्लबले प्रत्येक वर्ष आयोजना गर्दै आएको बडादशैँ रनिंग शिल्ड फुटबल प्रतियोगिता  गर्ने भएको छ । प्रत्येक बर्ष नेपालीहरुको महान पर्व वडा दशैको अवसरमा बिगतका वर्ष झैँ यस बर्ष पनि वडा नं ४ अन्तर्गत बिसौ वडा दशैँ रनिंग शिल्ड नकाउट फुटबल प्रतियोगिता २०७९ गर्ने भएको हो । बिगतको वर्ष कोरोनाको कारण स्थगित गरिएको सो प्रतियोगितालाइ निरन्तरता दिन लागेको गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष कमल परियारले कपन अनलाइनलाइ जानकारी गराए ।

नाम्ग्याल उच्च माविको खेल मैदानमा  असोज ११ गते देखि शुरु हुने सो प्रतियोगितामा सहभागी हुन चाहाने इच्छुक टिमले  २०७९ असोज ३ गते देखि असोज ९ गते साँझ सम्म क्लबको कार्यलयमा टिम दर्ता गर्न सकिने आयोजकले जानकारी गराएको छ । फारम क्लबको कार्यालय बाट साँझ र बिहान प्राप्त गर्न सकिने र फारम शुल्क रु १०० रहेको समेत आयोजकले जानकारी गराएको छ । त्यसै गरि टिम दर्ता शुल्क रु ५ हजार तोकिएको जानकारी दिदै प्रतियोगितामा प्रथम र दितीय हुने टिमले नगद  पुरस्कार क्रमश रु ३५ हजार  र २५ हजार सहित ट्रफी प्रमाणपत्र र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक कृष्ण प्रसाद श्रेष्ठ( अनिल)ले कपन अनलाइनलाइ जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।