बैकुण्ठ मानन्धर दौड शनिबार

कपन अनलाइन
काठमाडौं, भदौ २८  ।
शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघ र बैकुण्ठ मानन्धर खेलकुद नेपालको संयुक्त आयोजनामा प्रथम बैकुण्ठ मानन्धर अन्तर माध्यमिक विद्यालय ५ किलोमिटर दौड प्रतियोगिता शनिबार हुने भएको छ ।
दौडमा करिब ३ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक संघका महासचिव नरेशकुमार मल्लले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । त्यसमध्ये विभिन्न ७५ विद्यालयबाट २ खेलाडीले नाम दर्ता गराइ सकेको आयोजकले जनाएको छ ।
दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । सोही प्रतियोगिताका दौरान भेट्रान धावकहरुको पनि दौड सञ्चालन गरिने छ ।
संघका अध्यक्ष विवेन्द्रभक्त प्रधानाङले भविष्यमा बैकुण्ठ मानन्धर जस्ता कीर्तिमानी धावक उत्पादन गर्ने उद्देश्यले पहिलो पटक दौडको सुरुआत गरिएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रममा गरी पुनः दशरथ रंगशालामै आएर टुंगिने छ ।

तपाइँको प्रतिक्रिया ।