जस्तापाताको अग्लो ट्रसका कारण जोरपाटीवासी त्रासमा

जस्तापाताको अग्लो ट्रसका कारण जोरपाटीवासी त्रासमा

काठमाडौँ, २५ जेठ । खाली रहेको सार्वजनिक जग्गामा ६० फिट अग्लो जस्तापाताको ट्रसको कारण गोकर्णेश्वर नगरपालिका– १२ जोरपाटी बाहुनधाराका स्थानीयवासी त्रासमा छन् ।

त्रासका कारण स्थानीय बलराम चौलागाईं १२ वैशाखपछि घरमा सुत्न नसकेको बताउनुहुन्छ । चौलागाईं मात्र होइन, यो समस्याबाट यस स्थलका करिब २० घरपरिवार र सँगै जोडिएको बुद्ध एकेडेमीका विद्यार्थी पनि डरत्रासमा
छन् ।
Fullscreen capture 672015 82603 PM

अघौँतेश्वर महादेव मन्दिर परिसरमा रहेको दुई रोपनी सार्वजनिक जग्गामा डेढ दशकअघिदेखि अभिनव साहित्य समाजले प्रत्येक महिनाको अन्तिम शनिबार साहित्यिक कार्यक्रम गर्दै आएको थियो ।

“साहित्यिकलगायत सार्वजनिक कार्यक्रमका लागि स्थान भाडामा दिँदै आएको श्री अर्घौतेश्वर महादेव मन्दिर संरक्षण तथा विकास कोषले २०७१ असारमा बाँकी खाली जग्गामा जस्तापाताको ट्रस बनाएपछि हावाहुरी आएका समयमा पनि उडाएर घरमा बसेकालाई काट्ला भन्ने त्रासमा थियौँ, भूकम्पपछि त घरमा सुत्नै सकिएको छैन” – स्थानीय गेल्बु शेर्पाले भन्नुभयो ।

ट्रसमा ६० फिट अग्ला ठूला फलामका खम्बा र जस्तापाताका डरलाग्दा संरचना निर्माण गरिएकाले बुद्ध एकेडेमीको छात्रावासमा बस्ने विद्यार्थी पनि आतङ्कित बनेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर बुढाथोकीले बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।