जनताको सेवामा कागेश्वरी मनोहरा नगरपालिकाको १०० दिन , खानेपानी, शहरी विकास र विपद व्यवस्थापनमा भएका काम

जनताको सेवामा कागेश्वरी मनोहरा नगरपालिकाको १०० दिन , खानेपानी, शहरी विकास र विपद व्यवस्थापनमा भएका काम

कपन अनलाइन

काठमाडौँ, भाद्र २२ ।कागेश्वरी मनोहरा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले पदबहाली गरेको १०० दिन पुरा भएको र सो अवधी भित्र शुरुवात गरेका कार्यहरुको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ  ।

जनताको सेवामा १०० दिन नाम दिइएको उक्त पत्रकार सम्मेलनमा नगर प्रमुख उपेन्द्र कार्कीले २०७९ साल बैशाख  ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा  अमुल्य मत दिइ नगरपालिकाको समग्र बिकासको जिम्मेवारी दिएकोमा उक्त जिम्मेवारी कुशलतापूर्वक कर्तब्यनिष्ठ  भइ  पुरा गर्ने  प्रतिबद्धता ब्यक्त गरेका छन् ।

निर्वाचित भइ २०७९ साल जेठ ९ गते पदबहाली भए पछि १०० दिन पुरा भएको र सो अवधी भित्र गरिएका महत्वपूर्ण प्रयासहरुको बारेमा उनले जानकारी गराएका हुन ।  नगरपालिकाले सामाजिक विकासलाई मुख्य प्राथमिकता निर्धारण गरि शिक्षा स्वास्थ्य खेलकुद ज्येष्ठ नागरिक, युवा तथा महिला सशक्तीकरण, उद्यमशिलताका साथै भौतिक पूर्वाधारको कार्य अघि बढाइएको उनले जानकारी गराएका थिए ।

उनले  खानेपानी तर्फ निम्न काम र प्रयास गरिएको जानकारी गराए।

१) खानेपानीको एकिकृत विकासको लागि खानेपानी तथा सरसफाई ऐन २०७९ जारि गरिएको ।

२) बृहत एकिकृत खानेपानी कार्यक्रम अन्तर्गत स्वच्छ खानेपानीको धारा प्रत्येक घरमा पुर्याइने कार्य अघि बढेको ।

३) डाँछी  भद्रवास खानेपानी तथा सरसफाई उपभोक्ता समिति, कागेश्वरी मनोहरा नगरपालिका र खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरि खानेपानी तथा सरसफाई आयोजना, आयोजना कार्यन्वयन कार्यालय पानीपोखरी काठमाडौं र नगर विकास कोषबीच करिव ८२ करोड ५० लाख लागत भएको महत्वपूर्ण खानेपानी योजना सम्झौता भएको ।

४) गोठाटार–भैमाल खानेपानी विस्तारका लागि सह–लगानी मार्फत् करिव ८५ करोड थप लगानीमा योजना सम्झौता अन्तिम चरणमा रहेको साथै यसै  आ.व.भित्र थप ५५०० घरधुरीलाई खानेपानी वितरण विस्तार कार्यलाई अगाडी बढाइएको जानकारी गराए  ।

त्यैसै गरि  शहरी विकास तर्फ निम्न काम भएको  जानकारी गराए ।

१) अव्यवस्थित हाउजिंग प्लटिङको अनुमती स्थगित गरि व्यवस्थित शहरीकरणको कार्य अघि बढाउने तयारी गरिएको ।

२) शहरि पूर्वाधार आयोजनाहरु जसमा स्पोर्ट सिटि, डिजिटल मैत्री नगरपालिका र बहुस्तरीय बसपार्क निर्माणको लागि आर्थिक तथा प्राविधिक सहयोगको लागि नगर विकास कोषसँग समन्वय गरी योजना अगाडी बढाइएको ।

३) पूर्वि काठमाडौं नयाँ शहरी विकास आयोजनालाई अघि बढाइएको ।

४) व्यवस्थित शहरलाई प्रवद्र्धन गर्न ग्रीनहिल सिटि, सनसिटीजस्ता सबै आवाशिय भवनहरुको करको दरमा एकरुपता कायम गरिएको ।

५ ) जनगुनासोलाई सम्बोधन गर्दै साविकमा लिँर्दै आइएको कित्ताकाटको प्रति आना रु. १०,००० सिफारिस दस्तुर लिने व्यवस्थालाई परिवर्तन गरी रु. २,००० कायम गरिएको ।

६ ) स्थाननीय भू–उपयोग परिषद् गठन गरी जग्गा प्रशासनको लागि घरबाटो, चारकिल्ला लगायतका सिफारिस प्रयोजनका लागि जग्गाको वर्गिकरण गर्नको लागि निर्णय गरी कार्यन्वयनलाई सहजिकरण गरिएको ।

त्यसै गरि बिपत व्यवस्थापन तर्फ निम्न काम भएको  जानकारी गराए ।

१)  विपद व्यवस्थापनमा दु्रत सहयोग  पुर्याउन  आरआरटी (र्यापिड रेस्पोन्स टिम) गठन गरि विपद तथा मर्मत संभारको कार्यलाई अगाडी बढाइएको । यसका लागि वडा तहमै रकम विनियोजन गरिएको ।

२) नगर प्रहरिलाई विपद्को समयमा तत्काल व्यवस्थापनको लागि खटाइएको ।

३)  सार्वजनिक स्थल, बाटोघाटोमा रहेका असहाय गाई बाच्छाबाच्छी उद्दारको लागि पशु एम्बुलेन्स खरिदको लागि सहयोग गरी असहाय गाईबाच्छा संरक्षण अभियानलाई एम्बुलेन्स हस्तान्तरण गरिएको जानकारी गराए  ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।