मनोरञ्जन कर बुझाउन क्यासिनोहरुलाई काठमाडौँ महानगरको पत्राचार

मनोरञ्जन कर बुझाउन क्यासिनोहरुलाई  काठमाडौँ महानगरको पत्राचार

कपन अनलाइन 

काठमाडौं भाद्र १९ ।

काठमाडौँ महानगरपालिकाले आज ७ वटा क्यासिनोलाई पत्र पठाउँदै मनोरञ्जन कर तिर्न अनुरोध गरेको छ । राजस्व विभागले पठाएको पत्रमा विवरण र सोअनुसारको कर तिर्न ७ दिनको समय दिएको छ ।

विभागका प्रमुख डा. अधिकारीकाअनुसार बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था छ । महानगरले ताकेता गर्दा पनि क्यासिनो सञ्चालकले अहिलेसम्म अटेर गर्दै आएका छन् ।

तोकिएको समयभित्र जरिवानासहित कर नबुझाए काठमाडौँ महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम सरकारी बाँकी सरह असुल उपर गरिने पत्रमा उल्लेख छ ।

आज पत्राचार गरिएका क्यासिनोहरुमा होटल म्यारियटमा रहेको डेल्टीन क्यासिनो र अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेस वडा १ क्षेत्रमा छन् । वडा १ जस्तै वडा २६ मा पनि २ वटा क्यासिनो छन् । होटल एलफ्टमा रहेको बाल्को क्यासिनो र होटल मल्लमा रहेको बेली क्यासिनो । यीसँगै वडा नं. २ स्थित होटल ¥याडिसनमा रहेको क्यासिनो ¥याट, वडा नं. ६ स्थित होटल हायातमा सञ्चालित प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रियसन र वडा १३ मा स्थित होटल सोल्टीमा रहेको माजोङ् इन्टरटेनमेन्टलाई पत्र पठाइएको छ ।

मनोरञ्जन कर बुझाउन क्यासिनोहरुलाई  काठमाडौँ महानगरको पत्राचार 

तपाइँको प्रतिक्रिया ।